३१ असार २०८३, बुधबार

केन्याको आमनिर्वाचन : राष्ट्रपति केन्यात्ताको अग्रता

कात्तिक २०, २०७४
केन्याको आमनिर्वाचन : राष्ट्रपति केन्यात्ताको अग्रता

काठमाडौं, २५ साउन — अफ्रिकाली मुलुक केन्याका बहालवाला राष्ट्रपति उहुरु केन्यात्ताले मंगलवार भएको निर्वाचनमा बलियो अग्रता लिएका छन् ।


असी प्रतिशत मत गनिसक्दा उनले ५५ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राइला ओडिन्गाले ४४ प्रतिशत मत ल्याएका छन् ।

तर विपक्षी गठबन्धनले यी परिणामलाई अस्वीकार गरेका छन् अनि निर्वाचन अधिकारीहरूले आफ्नो दाबीलाई प्रमाणित गर्ने कुनै दस्तावेज पेश नगरेको बताएका छन् ।

‘त्यो आख्यान हो, झुटो हो,’ ओडिंगाले भने, ‘हाम्रा एजेन्टहरूले आफ्नै प्रोजेक्सन गरेका छन् जसअनुसार हामी निकै अगाडि छौं ।’

निर्वाचन आयोगले चाहिँ मानिसहरूलाई शान्तिपूर्ण रूपमा पूर्ण परिणाम कुर्नका लागि आग्रह गरेको छ ।

सन् २००७ को विवादास्पद निर्वाचनपछि भड्किएको हिंसामा ११ सयभन्दा बढी मानिस मरेका थिए र ६ लाखजना विस्थापित भएका थिए । यही दोहोरिने त हैन भनी आमकेन्यालीहरू डराइरहेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्