१७ असार २०८३, बुधबार

किष्ट शिक्षण अस्पतालले ५१ औं बिरामीमा गर्‍यो सफल मृगौला प्रत्यारोपण

कात्तिक २३, २०७९
किष्ट शिक्षण अस्पतालले ५१ औं बिरामीमा गर्‍यो सफल मृगौला प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरूको सफल मृगौला प्रत्यारोपण गरेको छ । 

अस्पतालले बुधवार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘२०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण गरेकोमा अहिलेसम्म ५१ जना बिरामीहरूको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरिएको छ ।’

अस्पतालले विगत ११ वर्षदेखि मृगौला रोगीहरूलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आइरहेको छ । 

विगत ४ वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।

अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागुन १८ गते अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति प्रदान गरेको थियो । 

अस्पतालले प्रत्यारोपणका लागि न्यूनतम् शुल्क राखी प्याकेजमा सेवा दिँदै आएको जनाएको छ । 

अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च चार लाख पचास हजार रुपैयाँबाट शुरू हुने अस्पतालको भनाइ छ  
 

salt training

कमेन्ट गर्नुहोस्