०७ असार २०८३, आइतबार

कांग्रेसले गर्‍यो बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई कारबाही

कात्तिक २३, २०७९
कांग्रेसले गर्‍यो बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई कारबाही

नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित ५ जनालाई कारबाही गरेको छ ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । 

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पाँचै जनालाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको ढुंगानाले बताए ।

पार्टीको नीतिविपरीत बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावली समेत अभिलेखबाट हटाइने कांग्रेसले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्