०२ साउन २०८३, शनिबार

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

कात्तिक २३, २०७९
जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् । बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र बामपन्थी शक्ति मिलेर अघि बढेको बताए । 

लामो समयको बलिदानबाट प्राप्त उपलिब्धलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाच दलिय गठबन्धन बनेको बताए । उनले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणत्रन्त्र रक्षाका  लागि ५ दलिय गठबन्धन भएको स्पष्ट गरे ।  
 

salt training

कमेन्ट गर्नुहोस्