१५ असार २०८३, सोमबार

सञ्चारमन्त्री भन्छन्, ‘अबको निकास आर्थिक विकास’

कात्तिक २०, २०७४
सञ्चारमन्त्री भन्छन्, ‘अबको निकास आर्थिक विकास’

काठमाडौँ, २५ साउन– सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा यहाँ आज आयोजित स्वागत कार्यक्रममा उनले भने, ‘अब मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्छ ।’

मन्त्री बस्नेतले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने बताउँदै यसका लागि काँग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्ने बताए ।

अब हुने स्थानीय तहको निर्वाचनमा संविधान संशोधन गरेर भएपनि असन्तुष्ट पक्षलाई समेत सहभागी गराउने सम्बन्धमा सरकारले गरिरहेको उनले बताए ।

सो अवसरमा मन्त्री बस्नेत तथा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित भएका सिन्धुपाल्चोक जिल्लाका नगरप्रमुख, उप–प्रमुख, गाउँपािलका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष वीरबहादुर भण्डारीले व्यक्तगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा लाग्न राजनीतिक दलका नेतालाई अपिल गरे ।

salt training

कमेन्ट गर्नुहोस्