१७ असार २०८३, बुधबार

रिस्ताको ‘पासो’ मंसिर १६ मा

कात्तिक २४, २०७९
रिस्ताको ‘पासो’ मंसिर १६ मा

बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासो’को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ ।

यो चलचित्रलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । 

चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् । 

चलचित्र ‘पासो’मा रिस्ता बस्नेत, सुनिशा बजगाँई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय छ ।

कन्टेन्ट थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले दुई अत्यन्त मिल्ने साथीलाई एक अज्ञात अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ ।

यसैबीच, यो चलचित्रको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने जानकारी समेत यसका निर्माता भगवान भुजेलले गराएका छन् । 

रिच इन्टरटेन्मेन्टले यो चलचित्रलाई काठमाडौंमा र एफडी कम्पनीले काठमाडौं बाहिर वितरण गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्