
काठमाडौं २४ साउन - सामसङ मोबाइलले हालै आफ्ना दुई मोडलहरु सामसुङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस मोबाइलको खरिदमा नयाँ योजना प्रस्तुत गरेको छ ।
अंग्रेजी बर्षको आठांै महिना अर्थात् अगष्ट महिनामा क्ड र क्डं का ग्राहकहरुले पाउनुहुने छ अतिरिक्त ८ प्रमुख सुविधाहरु । सामसङले प्रस्तुत गरेको उत्कृष्ट योजना एवम् सेवाले नेपाली ग्राहकहरुप्रतिको प्रतिबद्धतालाई पुनः स्थापित गरेको छ ।
प्रस्तुत गरिएको अन बक्स ८ बेनिफिट्नस योजना अन्तर्गत यी दुई मोडलका मोबाइल खरिदमा ग्राहकले ८ प्रमुख सुविधाहरु पाउनुहुनेछ । थप गरिएको मोबाइल सेटको कलर एस ८ प्लस मा अर्किड ग्रे तथा एस ८ मा कोरल ब्लु, रु ७००० क्यास ब्याक, ब्रेकेज इन्सुरेन्स, ८ महिनासम्मको लागि एनसेल डाटा प्याक, ५० छुटमा वायरलेस चार्जर, द्धन् योजना, स्मार्ट एकेडेमी तथा सर्भिस सेन्टरमा भि आइ पि सुविधा रहेका छन् । यसबारे विस्तृत जानकारी ज्यूज डट सामसुङ डट कममा हेर्न सकिन्छ ।