
बलिउड अभिनेत्री कैटरीना कैफ धेरै समयपछि अभिनेता सलमान खानसँग ‘टाइगर जिन्दा है’मा काम गर्दैछिन् । सलमान र कैटरीनाको जोडी मन पराउनेहरु यो फिल्मको ब्यग्र प्रतिक्षामा छन् ।
त्यसैले त चलचित्रका निर्माताहरु शूटिङ लोकेशनका तस्वीर सेयर गरिरहन्छन् । कहिलेकाँही अभिनेत्री कैटरीना पनि फिल्मको सुटिङ सेटका तस्वीरहरु सेयर गरिरहिन्छन् ।
हालै कैटरीनाले ‘टाइगर जिन्दा है’को सेटबाट एक तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिन् । जसमा उनी एक बच्चासँग मस्ती मुडमा देखिन्छिन् ।
तस्वीरमा भएका बच्चा ‘मेरे ब्रदरकी दुल्हन’ फिल्मका चाइल्ड कोस्टार हुन् । उक्त फिल्ममा कैटरीनाको अपोजिट रोलमा इमरान खान र अली जफर लिड रोलमा थिए ।
कैटरीनाले उक्त फोटो सेयर गर्दै लेखेकी छन्, ‘अन्ततः मैले यस्तो व्यक्तिलाई भेटेकी छु, जो मभन्दा पनि धेरै बोल्छन्,,, अझै धेरै,,,,,, ‘मेरे ब्रदरकी दुल्हन’का कोस्टार धेरै ठूलो भइसके ।’
‘टाइगर जिन्दा है’ यस वर्षको क्रिसमसमा रिलिज हुने बताइएको छ । अली अब्बास जफर निर्देशक रहेको यो फिल्मको छायांकन अहिले आबुधावीमा चलिरहेको छ ।