१६ असार २०८३, मंगलबार

महानगरपालिकाले लगायो खुलारूपमा आगो बाल्ने र फोहोर जलाउने काममा प्रतिबन्ध

कात्तिक २५, २०७९
महानगरपालिकाले लगायो खुलारूपमा आगो बाल्ने र फोहोर जलाउने काममा प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहोर जलाउने काममा प्रतिबन्ध लगाएको छ ।

खुलारूपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्य समेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले शुक्रवार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

यस्ता कामले देशको राजधानी समेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो ।

लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहोर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहोर जलाउने गरिएको छ ।

प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्