चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू सधैं गठबन्धनको विरोधमा रहेको बताएका छन् । मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धनले दलीय व्यवस्था र लोकतान्त्रिक पद्धति कमजोर बनाएको आरोप समेत उनले लगाए । निरन्तर मतदातासँग भेटघाट गर्दै उनले संगठन सुधारका विषयमा संवाद गरिरहेका छन् ।
चितवन क्षेत्र नम्बर३ का मतदाताहरु समक्ष बोल्दै उनले गठबन्धन नातावादको लागी र ठुला नेताका आफन्त र छोराछोरीका लागी टिकट दिने औजार जस्तै भएको र गठबन्धनको आफ्नो एजेण्डा नहुनु विचारको मिलन नहुनु , खाली अबसरबादको पछाडि र सत्ता हत्याउनैको लागी मिल्ने र जनतालाई प्रयोग मात्रै गर्ने गरेको गरेको आरोप छ ।
नेपाली काँग्रेसबाट विद्रोह गरेर निस्केका पौडेल गत स्थानीय तहको निर्वाचनमा भुँईकटहर समूहबाट चर्चा पाएपछि उनि प्रतिनिधि सभा सदस्यमा पनि उम्मेदवार बनेका हुन् ।