१५ असार २०८३, सोमबार

सुर्खेतका मतदाता भन्छन् – विकास र रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौं

कात्तिक २६, २०७९
सुर्खेतका मतदाता भन्छन् – विकास र रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौं

आसन्न मंसिर ४ गते प्रतिनिनिसभा तथा प्रदेशसभा निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उम्मेदवारका पनि स्थानीय क्षेत्र र सन्दर्भमा पनि बेग्लै नारा र प्रतिबद्धता सार्वजनिक भएका छन् । 

कर्णालीको पछौटेपन, विभिन्न विभेद, गरीबी, बेरोजगारी, अभावलाई मुख्य एजेण्डा बनाएर सिमान्तकृत समुदायको उत्थान गर्ने प्रतिबद्धता पनि उम्मेदवार र दलहरूले गरेका छन् । विगतको अनुभवमा नागरिक दलहरुका ती प्रतिबद्धता देखेर उत्साहित भए । त्यहीँ अनुसार नागरिकले भोट हाले र जिताए पनि तर निर्वाचनमा गरिएका ती प्रतिवद्धता सबै पुरा हुन नसकेको गुनासो प्रत्येक निर्वाचनको मतदाताले सुनाउने गरेका छन् । 

संघीय मात्र होइन, प्रदेश र स्थानीय सरकारको गठनले नागरिकमा उत्साह बढायो । सिंहदरबार गाउँघरमा पुगेको विषयले पनि चर्चा पायो नै । विशेषगरी भौगोलिक रूपमा पछाडि परेको कर्णाली प्रदेशको अवस्थामा अझै धेरै विकास र पूर्वाधारका काम मात्र होइन, आर्थिक रूपमा सबल क्षेत्रको रूपमा अघि बढाउनुपर्ने माग पनि यस क्षेत्रका जनताको छ ।

जातीय आधारमा गरिने विभेद, गरीबी, बेरोजगारी र अभाव उस्तै छ । कर्णालीका सिमान्तकृत समुदाय, महिला, दलित, जनजाति, पिछडिएको र गरीबीको रेखामुनि रहेको समुदायको अवस्था चाहेजति माथि उठ्न सकेको छैन । 

कर्णालीलाई डिजिटल बनाउने, भोकमरी अन्त्य गर्ने, सबै नागरिकका घर–घरमा सडक र खानेपानी, रोजगारीको ग्यारेण्टी, कृषिमा आत्मनिर्भर, छरिएर रहेको बस्तीलाई एकीकृत गर्ने लगायत थुप्रै योजना आफ्ना घोषणापत्रमा ल्याएका दलहरू फेरि उहीँ पुरानै कार्यक्रम लिएर मतदाताको घरघरमा पुगेका छन् तर मतदाताले भने प्रतिवद्धता कार्यान्वयन गर्ने उम्मेदवारलाई मात्रै यस पटकको निर्वाचनमा मतदान गर्ने बताएका छन् । 

सुर्खेतको वीरेन्द्रनगर घुर्साका युवराज थापाले राजनीतिक दलले विगतमा पनि विभिन्न आवश्वासन दिएर गएको तर खासै केही नभएको गुनासो गरे । ‘यो पटक पूर्वाधार, आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनको पक्षमा पक्षमा देखिने गरी विकासका काम गर्नेलाई भोट दिने इच्छा छ,’ उनले भने, ‘अहिले राजनीतिक दल र उम्मेदवार घरघरमा गएर भोट माग्दा दिने आश्वासन मैले धेरै सुनेको छु । विगतमा पनि यस्तै आश्वासन दिएर जानुभयो, जितायौं तर काम खासै भएन तर यो पटक जसले जनता र यस क्षेत्रको विकासमा देखिने गरी काम गर्छ त्यसैलाई भोट दिन्छौं ।’

पछाडि पारिएका वर्ग समुदायलाई अगाडि ल्याउने गरी काम गर्ने व्यक्तिले निर्वाचन जित्नुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्