११ असार २०८३, बिहीबार

‘बादशाहो’ फोहोरी फिल्म हैन : अजय देवगण

कात्तिक २०, २०७४
‘बादशाहो’ फोहोरी फिल्म हैन : अजय देवगण

काठमाडौं, २५ साउन — अभिनेता अजय देवगण र निर्देशक मिलन लुथरियाले आउन लागेको फिल्म बादशाहोमा एउटा सीन काटिदिएको आरोप सत्य नभएको बताएका छन् ।


सेन्सर बोर्डबाट बच्नका लागि अजय र इलियाना डिक्रुजबीचको एक नग्न कामुक दृश्यलाई फिल्मको फाइनल कटमा समावेश नगरिएको हल्ला चलेको थियो ।

बादशाहोको ट्रेलर सार्वजनिक गर्ने क्रममा अजयले यस्ता खबरलाई पूरै खारेज गरे । उनले भने, ‘यो साँचो हैन । हामीले पोर्न फिल्म बनाएका छैनौं ।’

मिलन लुथरियाले पनि उनलाई समर्थन गरे । ‘यो कोरा अनुमान हो । हाम्रो फिल्म सोझो छ,’ उनले भने ।

अघिल्लो महिना मिडडे पत्रिकाले फिल्मको सेक्स सीनलाई घटाइएको भनी लेखेको थियो । अजय र इलियानाको यो सीन १० मिनेटको रहेको र यो सुन्दर तरिकाले खिँचिएको अनि फिल्मको कथानकको महत्त्वपूर्ण अंगका रूपमा रहेको लेखिएको थियो ।

तर सेन्सरको डरले गर्दा मिलनले दृश्य घटाएर किसहरू छोट्ट्याएको र नांगो ढाड कम देखाएको स्रोतले बताएको भन्दै मिडडेले लेखेको थियो ।

बादशाहो भारतमा आपतकाल लागेको समयमा गरिएको चोरीसम्बन्धी फिल्म हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्