११ साउन २०८३, सोमबार

गठबन्धनले जनताको जीवनमा परिवर्तन ल्याउँछ : प्रवक्ता खतिवडा

कात्तिक २६, २०७९
गठबन्धनले जनताको जीवनमा परिवर्तन ल्याउँछ : प्रवक्ता खतिवडा

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रचारप्रसार विभाग प्रमुख तथा उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगन्नाथ खतिवडाले गठबन्धनलाई जिताए जनताको जीवनमा परिवर्तन ल्याउने बताएका छन् ।

शनिवार उदयपुरको कटारीमा वाम–गठबन्धनको चुनावी र्‍याली पश्चात्को कोणसभालाई सम्बोधन गर्दै खतिवडाले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको हुने र जनताको जीवनमा परिवर्तन ल्याउने बताए ।

गठबन्धनले यस क्षेत्रमा जिते सडक, जग्गाविहीनलाई लालपुर्जा दिने, तटबन्ध निर्माण गर्ने, पुल निर्माण लगायत भौतिक विकास गर्ने बताए । ‘ककरु, तवा, वैद्यनाथ, सुनकोसी नदीले क्षति पुर्‍याएको छ,’ खतिवडाले भने, ‘यस क्षेत्रका अनेकौं पुल हाम्रो प्राथमिकतामा परेका छन् ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले राज्य जोगाउन गठबन्धनको आवश्यकता परेकाले गठबन्धनलाई मत दिनुपर्ने बताए । ‘पुराना कुरा थाती राखौं, अहिलेको राष्ट्रिय मुद्दा भनेको राष्ट्रलाई जोगाउनु हो, त्यसैले गठबन्धन भएको हो,’ कार्कीले भने, ‘दलीय व्यवस्थामा दलको आवश्यकता पर्छ, त्यसैले पहिलो प्राथमिकतामा दललाई राखेर मत दिऔं ।’

salt training

कमेन्ट गर्नुहोस्