०९ असार २०८३, मंगलबार

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित

कात्तिक २६, २०७९
मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित

काठमाडौँको चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२÷११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ । 

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमश: थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको जनाएको छ । 

तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको जनाइएको छ ।

वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्