२९ जेठ २०८३, शुक्रबार

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित

कात्तिक २७, २०७९
मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित

चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ ।

१३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

यसबाट करिब ५ हजार ग्राहककामा विद्युत आपूर्ति समस्या देखिएको हो ।

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमश: थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।

 तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ ।

प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५÷४५ एमभिएले प्रतिस्थापन गर्दै छ ।

त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्