
बलिउड फिल्म निर्माता सुरज बडजात्याको बहुप्रतिक्षित चलचित्र ‘उचाई’ शुक्रवारदेखि हलमा चलिरहेको छ ।
फिल्मले हलमा आएदेखि नै सकारात्मक समीक्षा आइरहेको छ ।
अमिताभ बच्चन स्टारर यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ ।
फिल्मले शुक्रबा १.८१ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।
भारतीय ट्रेड विश्लेषक र फिल्म समीक्षक तरण आदर्श ट्विटरमा फिल्मको बक्स अफिसको कमाइ शेयर गरेका छन् ।
फिल्ममा अमिताभ बच्चनका साथमा अभिनेता अनुपम खेर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् । फिल्ममा परिणिती चोपडा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।
मित्रताको परिकल्पनामा घुमेको यो चलचित्र नोभेम्बर ११ मा रिलिज भएको हो ।