०७ असार २०८३, आइतबार

'हेराफेरी ३' मा अक्षयको पुनरागमनको माग : कार्तिकको इन्ट्रीबाट फ्यान निराश !

कात्तिक २७, २०७९
'हेराफेरी ३' मा अक्षयको पुनरागमनको माग : कार्तिकको इन्ट्रीबाट फ्यान निराश !

'हेरा फेरी' फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो ।

फिल्मको अन्तिम दुई भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

यस्तो अवस्थामा फ्यानहरू लामो समयदेखि तेस्रो भागको प्रतिक्षामा थिए । 

हालै परेश रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा कार्तिक आर्यन फाइनल भएको जानकारी दिएका छन् ।

यो खबर बाहिर आएपछि अक्षयका फ्यानहरू निकै निराश भएका छन् ।

त्यसबेलादेखि अक्षयलाई 'हेराफेरी ३' मा फर्काउने माग भइरहेको छ । 

नो अक्षय, नो हेरा फेरी ट्विटरमा ट्रेन्डिङमा छ। अक्षय बिना हेराफेरी ३ फ्लप हुने दाबी गरिरहेका छन् । 

सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा मानिसहरू कार्तिकलाई फिल्मको तेस्रो भागमा हेर्न चाहँदैनन् भन्ने अनुमान गर्न सकिन्छ ।

'हेरा फेरी' बलिउडको सदाबहार फिल्म मध्ये एक हो, जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए। 

यसअघिका दुई भागमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल मुख्य भूमिकामा थिए।

दुवै भाग दर्शकमाझ त्यतिबेलाको जस्तै आज पनि चर्चित छन् ।

कमेन्ट गर्नुहोस्