१७ असार २०८३, बुधबार

नेप्से निरन्तर ओरालो, सुचकाङ्क र कारोबार रकम दुवै घट्यो

कात्तिक २७, २०७९
नेप्से निरन्तर ओरालो, सुचकाङ्क र कारोबार रकम दुवै घट्यो

साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंकले घटेर बन्द भएको छ  । 

नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचक गिरावट भएका छन् । आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ ।  

नेप्से निरन्तर ओरालो लाग्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

आइतबार नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ । 

आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको कारोकार भएको छ ।

आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्