२८ असार २०८३, आइतबार

सत्ता गठबन्धनले साँखुमा चुनावी सभा गर्दै

कात्तिक २८, २०७९
सत्ता गठबन्धनले साँखुमा चुनावी सभा गर्दै
फाइल फोटो

सत्तारुढ गठबन्धनले सोमवार काठमाडौंको सांस्कृतिक एवं ऐतिहासिक शहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ ।

साँखु बजारमा अपराह्न २ बजे शुरू हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का सभापति कबीर शर्माले जानकारी दिए । 

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाडौं–२ मा पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (१) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्