०५ साउन २०८३, मंगलबार

युक्रेन युद्ध थप चर्काउने सोच राख्दै अमेरिका, यस्तो छ वास्तविक कारण

कात्तिक २८, २०७९
युक्रेन युद्ध थप चर्काउने सोच राख्दै अमेरिका, यस्तो छ वास्तविक कारण

गत बिहीवार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई थप ४० करोड डलर बराबरको सैन्य सहायता दिने घोषणा गरेको छ । 

रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाहीलाई असफल बनाउनका लागि अमेरिकाले लगानी गरिरहेको हो ।

आफ्नो हतियार उद्योगलाई फलिफाप बनाउन अमेरिकाले युद्ध चर्काउन खोजेको विश्लेषकहरू बताउँछन् । 

अधिकांश अमेरिकीहरू युक्रेनलाई निरन्तर हतियारहरू पठाउने बाइडन प्रशासनको रणनीतिलाई मन पराएका छैनन् । 

अहिलेसम्म अमेरिकाले युक्रेनलाई ६० अर्ब डलर बराबरको सहायता दिइसकेको छ । तर त्यसमध्ये अधिकांश रकम अमेरिकाका हतियार उत्पादकहरूको गोजीमा गएको छ । 

अमेरिकाको परराष्ट्रनीतिलाई देशका प्रभावशाली व्यापारिक समूहहरूले निर्देशन गरेका छन् । 

बम जस्ता हतियार बनाउने रेथोन जस्ता कम्पनीलाई संसारका विभिन्न स्थानमा द्वन्द्व चर्काउनुछ । त्यसो हुँदा वाल स्ट्रीट भनिने अमेरिकी पूँजीवादीहरूको अड्डाले नाफा कमाउनेछ । रुस र चीन जस्ता ठूला देशहरूसँगको शत्रुतापूर्ण सम्बन्ध हुँदा हतियार उत्पादकहरूले विमानवाहक युद्धपोत, आणविक पनडुब्बी, एफ–३५ लडाकू विमान र नयाँ पुस्ताका आणविक बम बेच्न पाउँछन् । 

युक्रेन द्वन्द्व अमेरिकाको हतियार उद्योगका लागि अकूत नाफा कमाउने अवसरका रूपमा उदाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्