१० असार २०८३, बुधबार

भारत : मुसलमान नेताको सभामा लाग्यो मोदीको समर्थनमा नारा

कात्तिक २८, २०७९
भारत : मुसलमान नेताको सभामा लाग्यो मोदीको समर्थनमा नारा

भारतको गुजरातमा विधानसभा निर्वाचन आउन लाग्दा प्रभावशाली मुस्लिम नेता असदुद्दीन ओवैसीले त्यहाँ विभिन्न अभियान चलाइरहेका छन् । 

एआईएमआईएम पार्टीका नेता ओवैसी सुरतको रुदरपुरा खाडी क्षेत्रमा आमसभालाई सम्बोधन गर्न पुगेको बेलामा स्थानीय मुसलमान युवकहरूले उनको विरोध गरेका थिए । उनलाई कालो झण्डा पनि देखाए । 

ती युवकहरूले मोदी, मोदी भन्दै नारा पनि लगाए ।

ओवैसी फिर्ता जाऊ भनेर समेत नारा लागेको थियो । 

गुजरात चुनावमा भारतीय जनता पार्टी, कांग्रेस र आम आदमी पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । 

एआईएमआईएम पनि शक्ति लगाइरहेको छ । ओवैसीले सक्रियता देखाउँदै सभाहरू आयोजना गरिरहेका छन् । उनको सम्पूर्ण ध्यान अल्पसंख्यक भोटमा केन्द्रित छ । 

गुजरात विधानसभा निर्वाचन दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरण डिसेम्बर १ मा ८९ सीटमा र दोस्रो चरण डिसेम्बर ५ मा ९३ सीटमा हुनेछ ।

मतपरिणाम डिसेम्बर ८ मा आउनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्