×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

यसपटक मैले मात्र जित्ने होइन, जनमत पार्टीले १०–२० सीट जित्दैछ– सीके राउत [अन्तर्वार्ता]

कात्तिक २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै समयमा मधेशलाई छुट्टै देश बनाउनुपर्छ भनी पृथकतावादी अभियानमा लागेका डा. चन्द्रकान्त (सीके) राउत अहिले त्यो बाटो छाडेर मूलधारको राजनीतिमा फर्किएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पहिलोपटक उनी प्रतिस्पर्धात्मक निर्वाचनमा उम्मेदवार भएका छन् । आफ्नै जन्मभूमि सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सदस्यमा उठेका उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरबाट कडा टक्कर पाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावी प्रचारप्रसारमा व्यस्त डा. राउतसँग उनकै पार्टीको निर्वाचन कार्यालयमा लोकान्तरकर्मीहरू विन्देश दहाल र अजय अनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको संक्षेप ः 


Advertisment
Nabil box
Kumari

पहिलोपटक निर्वाचनमा होमिनुभएको छ । चुनाव प्रचारमा कस्तो माहोल पाइरहनुभएको छ ? जनताले के भनिरहेका छन् ?

Vianet communication
Laxmi Bank

– एकदम सकारात्मक माहोल छ । जनमत पार्टी नयाँ भएकाले यसप्रति आकर्षण छ । पुराना पार्टीबाट जनताहरू आजित छन् । उनीहरू दलीय गठजोडप्रति सकारात्मक देखिएका छैनन् । 

जनताले जनमत पार्टीलाई मात्र नभई अरू ठाउँ अन्य नयाँ पार्टी तथा उम्मेदवारलाई हेर्ने सोच बनाइरहेका छन् । जनमत पार्टीले त विगत १० वर्षमा कार्यक्रम गरेर, संघर्ष आन्दोलन गरेर आफूलाई साबित गरेको छ । यस क्षेत्रमा जनमत पार्टीप्रति व्यापक जनसमर्थन रहेको छ । 

तपाईं जनतामा जाँदा उहाँहरूले तपाईंलाई के सोध्नुहुन्छ ?

– मलाई उहाँहरूले केही सोध्नुहुन्न । यसपालि तपाईं नै जित्नुहुन्छ, केही चिन्ता नै नलिनुहोला, तपाईंका लागि हामी काम गरिदिँदैछौं भनी जहाँ जाँदा पनि हामीलाई आश्वासन दिनुहुन्छ । ढुक्क बनाएर पठाइदिनुहुन्छ ।

के कारणले जनताको यस्तो प्रतिक्रिया आइरहेको हो ?

– विगतमा जनताका लागि मैले संघर्ष गरें । सप्तरी त मेरो जन्मभूमि पनि हो । यहीँ जन्में, हुर्कें । यहीँको स्कूलमा पढें । बच्चाबच्चा पनि मेरो संघर्षसँग अवगत भएको हुनाले पनि त्यस्तो प्रतिक्रिया आएको हो । 

अर्को कुरा, यसअघि जितेका सांसद र स्थानीय जनप्रतिनिधिहरूले खासै काम नगरेकाले यसपालि सीके राउतलाई नै मौका दिनुपर्छ भनेर जनताले पहिलादेखि नै मानसिकता बनाइसकेको देखिन्छ । 

तपाईंको क्षेत्रमा तपाईंभन्दा धेरै बलियो प्रतिद्वन्द्वी हुनुहुन्छ । उहाँ लोकप्रिय र मधेशको स्थापित नेता हुनुहुन्छ । तपाईंले पनि एक समयमा उहाँको समर्थन नै गर्नुभएको थियो । उहाँसँग नै भिड्न किन आउनुभयो ? अन्य क्षेत्रबाट पनि तपाईं उठ्न सक्नुहुन्थ्यो होला नि !

– तपाईंलाई अघि पनि भनें कि यो मेरो जन्मभूमि हो, कर्मभूमि पनि हो । प्राकृतिक रूपमा नै यो मेरो पहिलो रोजाइ बन्छ । अर्को कुरा, सप्तरी–२ बाट लड्दैछु भनी मैले दुईतीन महिनाअघि नै घोषणा गरिसकेको थिएँ । तेस्रो कुरा, यो क्षेत्र कुनै बेलामा विद्वानहरूका लागि प्रसिद्ध थियो । राजनीतिका अग्रणी नेताहरूका लागि प्रसिद्ध थियो । तर आजभोलि यो शिक्षा, स्वास्थ्य सबैमा पछि परिरहेको छ । आफ्नो घर अँध्यारो पारेर बस्दा मलाई नराम्रो लागिरहेको थियो । आफ्नो घर पनि उज्यालो पारौं, यहाँ पनि केही गरौं भनेर मैले यो क्षेत्र रोजेको हो । 

तपाईंले अर्को पार्टीको अध्यक्षका बारेमा प्रश्न गर्नुभयो । उहाँ विभिन्न निर्वाचन क्षेत्रबाट लड्दै आइरहनुभएको छ । यसपालि पनि उहाँ बाहिरबाट चुनाव लड्ने कुरा थियो । उहाँसँग विकल्प पनि थियो किनकि उहाँ ६–७ ठाउँबाट सिफारिश हुनुभएको थियो । मेरो त कतैबाट सिफारिश भएको थिएन । अन्यत्र जाने कुरा पनि भएन । मैले पहिले नै घोषणा गरेर स्पष्ट पारिसकेको थिएँ । 

भावनात्मक रूपमा पनि म यस भूमिमा आबद्ध छु । यहाँ जन्मेको मान्छे यतै आबद्ध हुन्छ । उहाँको घर मोरङ पर्छ । स्थायी ठेगाना पनि मोरङ नै हो । मानौं, यहाँको खाँडो नदीमा बाढी गयो भने पहिलो चिन्ता मलाई नै हुन्छ । त्यो बाढी मेरो घरमा त पसेन भनेर चिन्ता चासो मलाई हुन्छ । यो क्षेत्रको विकास भयो कि भएन, यहाँ रोजगारी छ कि छैन त्यसको प्राथमिक चिन्ता मलाई हुन्छ । बाहिरको मान्छेलाई हुँदैन । 

तर उहाँले पनि आफ्नो जन्म यही भूमिमा भएको र राजनीतिक कार्यक्षेत्र मात्र अन्यत्र रहेको भनेर भनिरहनुभएको छ त ।

– निर्वाचन आयोगले प्रकाशित गरेको सूचीमा हेर्नुस्, उहाँको ठेगाना मोरङ लेखिएको छ । यहाँबाट जितेर जाँदा पनि उहाँले कतै सम्पर्क कार्यालय खोलेको देख्नुभएको छ ? उहाँको यहाँ कतै घर पनि छैन । उहाँका परिवारका टाढाटाढाका नाताका मान्छे यहाँ छन् भनेर भएन ।

यसमा जनताको ठूलो असन्तुष्टि छ । जनताले आफ्नो प्रतिनिधि भेट्न जाने कहाँ ? उहाँलाई खोज्ने कहाँ ? उहाँको कुनै अवशेष यस ठाउँमा छैन, जबर्जस्ती जोड्ने काम मात्र भइरहेको छ । उहाँ विगत पाँच वर्षमा यहाँ बस्नुभएको पनि छैन । कहिलेकाहीँ आउनुहुन्छ, मीटिङ गरेर जानुहुन्छ । जनताले त्यो कुरा याद गरिरहेका छन् । 

उहाँले तपाईंलाई आफ्नो प्रतिस्पर्धी नै हैन भन्नुभयो । 

– ठीकै छ । त्यो मतपरिणामले देखाउने हो । हामी ज्योतिषी हैनौं । जनताले बुझिराखेकै छन्, जवाफ दिइराखेकै छन् ।   

उपेन्द्र यादव समानुपातिक समावेशिताको आन्दोलनमा सक्रिय नेता हुनुहुन्छ । तपाईं आफैं पनि मधेशी जनताको हकहितका लागि लडिरहनुभएको सामाजिक अभियन्ता हुनुहुन्छ । यसरी मधेशका दुई हस्तीहरू एकै ठाउँबाट लड्दा मधेशलाई कत्तिको क्षति हुन्छ ? 

– त्यो क्षतिका लागि म जिम्मेवार हुने छैन । उहाँसँग चुनाव लड्नका लागि प्रशस्त ठाउँहरू थिए । उहाँ यो ठाउँबाट नलड्ने लगभग निश्चित भएको थियो । अन्तिम समयमा आएर मात्र उहाँ यहीँबाट लड्ने हुनुभयो । त्यो दम्भको पनि कारण हुन सक्छ । 

पटकपटक अन्तर्वार्ताहरूमा उहाँले भन्दै आउनुभएको छ– मेरो जातिको बाहुल्य यहाँ छ, त्यसैले म यहाँबाट उठेको हो । तर उहाँलाई म सम्मान गर्छु । उहाँले अहिलेसम्म जेजे गर्नुभयो, त्यसका लागि म धन्यवाद दिन्छु । तर दुःखका साथ भन्न चाहन्छु, यस क्षेत्रको प्रगति उहाँबाट पनि हुन सकेन । 

संघर्षको कुरा उहाँले उठाउनुभयो । तर खासमा उहाँलाई लटरी नै परेको हो । एकचोटि संविधान जलाउनुभयो अनि एकैचोटि ५४ वटा जति सीट ल्याएर जित्नुभयो । उहाँको संघर्ष के त ? संविधानको कागजमा उहाँले सलाई बालिदिनुभयो अनि दुई दिन जति हिरासतमा बस्नुभयो । उहाँको संघर्ष त्यत्ति हो ? 

मैले त २४ पटक गिरफ्तारी दिएको छु । प्रहरीको यातना भोगेको छु । प्रहरीले मेरो खुट्टा भाँचिदियो, टाउको फुटायो । मलाई सबभन्दा ठूलो मुद्दा लगाइदियो, नजरबन्दमा राख्यो १० वर्षसम्म । यो संघर्ष जनताले हेरेका छन्, बुझेका छन् । एजेन्डा जेसुकै होस्, आखिर मधेशको जनताकै लागि मैले संघर्ष गरेको हो । त्यसमा मेरो निःस्वार्थ भाव थियो । म कुनै पदका लागि जेल गइरहेको थिइनँ । निःस्वार्थ भावले ज्यानै दिएर संघर्षमा लागेको कुरा जनताले पनि बुझेका छन् । 

उहाँ त संघर्षको कुरा नै गर्नुहुन्न । सत्तामा पुग्नुभयो, पटकपटक मन्त्री बन्नुभयो । त्यस आधारमा मात्र उहाँ ठूलो हो । योगदान र संघर्षमा उहाँ ठूलो हैन । उमेरमा मभन्दा उहाँ ठूलो हुनुहुन्छ । त्यसका लागि म उहाँलाई सम्मान गर्छु । 

उहाँले विकास नै गर्नुभएको छैन भनेर तपाईं भन्नुहुन्छ । तर उहाँले हरेक कार्यक्रममा अनि सामाजिक सञ्जालमा आफूले गरेका विकासका बारेमा बताइरहनुभएको छ । 

– हो, उहाँले धेरै विकास गर्नुभएको छ । सबै मिडियालाई हायर गरेर उहाँ अनेकौं भिडियो बनाउनुहुन्छ । सबैलाई पैसा बाँड्नुहुन्छ । आजकल दिनदिनै दुईचारवटा खसी खुवाउनुहुन्छ । विभिन्न पार्टी प्यालेसहरू बूक गरेर राख्नुभएको छ । ठूलो विकास हो त्यो । तर दुर्गमभन्दा दुर्गम पहाडी क्षेत्र यहाँभन्दा बढी विकसित भइसकेको छ । ६३ जिल्लाहरू साक्षर घोषणा भइसक्दा पनि सप्तरी जिल्ला साक्षर हुन सकेको छैन । पाँच वर्ष उहाँकै पार्टी सरकारमा हुँदा पनि साक्षरतासम्बन्धी कुनै कार्यक्रम ल्याउन सकेन । त्यतिसम्म भिजन पनि राखेनन् । 

अहिले पनि स्वास्थ्यसम्बन्धी कुनै समस्या आयो भने यहाँ कुनै उपचार छैन । तुरुन्तै विराटनगर वा धरान जानू भन्छन् । यहाँको अस्पताल रेफरल सेन्टरका रूपमा काम गरिरहेको अवस्था छ । रोजगारीको कुरा गर्नुहुन्छ भने खुलेको पसल पनि बन्द हुने अवस्थामा छ । भनेपछि उहाँले कुन ठाउँमा विकास गर्नुभयो ? साइनबोर्ड र पोस्टरहरू झुण्ड्याइदिनुहुन्छ अनि मिडियालाई बोलाएर खुब प्रचारबाजी गर्नुहुन्छ । सामाजिक सञ्जालमा अनि प्रचार कम्पनीहरू हायर गरेर उहाँ प्रचार गरिरहनुभएको छ । उहाँले प्रचारप्रसारको शैली विकास गर्नुभएको छ, जनताचाहिँ चरम अविकासका कारण पीडित भइरहेका छन् । 

मधेशी गठबन्धनका लागि सहयोग माग्न तपार्ईं मधेशका विभिन्न नेताहरूलाई भेट्न जानुभयो । त्यसले किन मूर्त रूप लिन सकेन ? उहाँहरू सत्ता र प्रतिपक्षी गठबन्धनमा जानुभयो । तपाईं एक्लै लडिरहनुभएको छ । 

– एक्लै चुनावमा जानु सुखद कुरा भएको मलाई लाग्छ । बहुदलीय प्रतिस्पर्धा भनेपछि आ–आफ्नो एजेन्डा लिएर जनतामा जाने हो, पहिले नै गठबन्धन गर्ने हैन । अहिले भइरहेको कस्तो खालको गठबन्धन हो ? यस गठबन्धनको कमन एजेन्डा त हुनुपर्‍यो नि । जसपाले आफूलाई संघीयताको पक्षधर भन्छ तर शुरूमा उसले संघीयता खारेज हुनुपर्छ भनी स्पष्ट भाषामा भन्ने दलसँग गठबन्धन गर्‍यो । मधेश के हो, कहाँ हो भन्नेसँग पनि गठबन्धन गर्छ । लोकतन्त्रै चाहिँदैन भन्नेसँग पनि गठबन्धन गर्छ । 

यहाँ मलेठमा केपी ओलीलाई आउन दिन हुन्न भन्दै आन्दोलन चर्काएर पाँचजना मधेशीलाई शहीद बनाए । अहिले त्यही केपी ओलीलाई काँध हालेर मेरो पक्षमा भोट हाल्देऊ भनिरहेका छन् । जसलाई प्रतिबन्ध नै गरेका थिए, अहिले हरेक ठाउँमा उनैसँग जोडिएर पोस्टरहरू राखिएका छन् । दुईटैको चुनाव चिह्न सँगसँगै राखेर मज्जाले प्रचार गरिरहेका छन् । जनतामा यसको पीडा छ । कुनै दिन आफ्नो छोराछोरीलाई शहीद बनाएर रोकेको मान्छेलाई अहिले काँध हालेर ल्याएको छ । 

स्थानीय चुनावमा तपाईंको पार्टीको परीक्षण भइसकेको छ । एकदमै कम परिणाम आएको छ । यता गठबन्धन छ । हर्न बज्ला त ?

– हेर्नुस्, मुद्दामा अड्ने हो । खाली जित्नका लागि जित्नुहुँदैन । सिद्धान्तमा अडिग हुनु ठूलो कुरा हो । यहाँका दुईटै गठबन्धनहरू विकृत छन् । अर्को गठबन्धनको पनि कुरा गरौं । तिनै शेरबहादुर देउवाले प्रचण्डको टाउकोको मूल्य तोकेका थिए । एकजना पूँजीवादी, अर्का चाहिँ साम्यवादी । यहाँ कुनै तारतम्य छ ? यो त विशुद्ध सत्ता र कुर्सीका लागि भएको गठबन्धन हो । 

यस्तोमा एक्लै चुनावमा जानु भनेको नैतिक दायित्व पनि हो । आफ्नो राजनीतिक धारमा अडिग रहेको राजनीतिक शक्ति थियो भन्ने कुरा जनताले याद राख्नेछन् । जनताले यो कुरा हेरिराखेका छन् । भारी बहुमतले जनमत पार्टीलाई जिताउँछन् भन्नेमा म विश्वस्त छु । 

कति सीट आउने आकलन गर्नुभएको छ ?

–१० देखि २० सीट ल्याउछौं । 

थ्रेशहोल्ड कट्छ ?

– कट्छ ।

प्रत्यक्षमा तपाईं मात्र जित्न सक्ने भन्छन् मान्छेले !

– हैन, धनुषा–१, कपिलवस्तु–१ कपिवस्तु–३, रूपन्देही–४ लगायत धेरै ठाउँमा जित्ने अवस्था छ । 

प्रदेश सभामा जित्ने अवस्था के छ ?

– प्रदेशमा पनि धेरै ठाउँमा जित्ने अवस्था छ । त्यसको आकलन हामीले गरिरहेका छौं । 

अघि तपाईंले सिद्धान्तको कुरा गर्नुभयो । गठबन्धनको विरोध गर्नुभयो । त्यसोभए आगामी दिनमा सीके राउतले कसैसँग पनि गठबन्धन नगर्ने हो ?

– देश र जनताको हितका लागि गठबन्धन गर्नु पनि आवश्यक हुन्छ । चुनावअघि चाहिँ गठबन्धन गर्ने हैन । चुनावअघि त सबै दलले आफ्नो एजेन्डा जनतामा लाने हो । चुनावपछि कसैको बहुमत पुगेन, फेरि तत्कालै अर्को चुनाव गर्नुपर्ने भयो भने गाह्रो हुन्छ । त्यसबेलामा गठबन्धन उपयुक्त हुन्छ । तर चुनावअघि, अझ त्यसमाथि अप्राकृतिक किसिमको, गठबन्धन भइरहेको छ । चुनावपछि कम्तीमा बेग्लाबेग्लै लोकतान्त्रिक र वाम गठबन्धन हुन सक्ला नि ।

अघिको प्रश्नको उत्तर दिनुभएन । तपाईं उपेन्द्र यादवसँग सहयोग माग्न जानुभएको थियो रे । 

– मधेशका लागि लडेका शक्तिहरू एक ठाउँमा आइदेओस् भन्ने चाहना जनतामा छ । तर नेताहरू दम्भका वा अन्य प्राविधिक कारणले कहिले पनि सँगै आउन सकेनन् । सीके राउत सबै शक्तिसँग मिल्न चाहँदैन कि जस्तो मान्छेलाई लागेपछि म आफैं गएर उहाँलाई भेटें । भनेको पनि हो, एकजुट हुन सम्भव छ । तर उहाँ सत्ता गठबन्धनसँग जाने तर्खरमा हुनुहुन्थ्यो । हामीलाई उहाँले गन्ने कुरै भएन । त्यसैले मधेशी गठबन्धन बनाउने कुरा जनताको भावनाअनुसार अघि बढ्न सकेन । 

दुईवटा गठबन्धनको बीचमा चुनाव लड्दै हुनुहुन्छ । कत्तिको सहज वा असहज भइरहेको छ ?

– हामी एकदमै सहज महसूस गरिरहेका छौं । जनता पुराना पार्टीबाट आजित छन् । अनि जुन किसिमको अप्राकृतिक गठबन्धन भइरहेको छ, त्यसबाट उनीहरूलाई नै घाटा भइरहेको छ ।  

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x