
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बहिस्कारमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुटवलमा प्रदर्शन गरेको छ ।
उनीहरूले आगामी मंसिर ४ गते हुन निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।
नेकपा र वैज्ञानिक समाजवादी पार्टीले बुटवलमा निर्वाचन भण्डाफोर गर्ने भन्दै नाराबाजी र र्यालीसहित प्रदर्शन गरेका हुन ।

उनीहरूले बुटवलको ट्राफिकचोकमा चुनाव बहिस्कार सभा आयोजना गरेका छन् । सभालाई नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जागृत रायमाझीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
विप्लव नेतृत्वको नेकपाले निर्वाचन बहिस्कार गर्ने भनेपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ ।