पुस २७, २०७९
भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन् । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ । नेपालसँग सरोकार राख्नेगरी दिल्ल...
सप्तरी | कात्तिक २८, २०७९
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा होमिएका छन् ।
उनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर र जनमत पार्टीका डा. चन्द्रकान्त राउतले टक्कर दिइरहेका छन् ।
चुनावी प्रचारप्रसारको दौडधुपमा रहेका यादवसँग लोकान्तरकर्मीहरू विन्देश दहाल र अजय अनुरागीले निर्वाचनकेन्द्रित तथा राष्ट्रिय राजनीतिसँग सम्बन्धित विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप:
चुनाव प्रचार कस्तो भइरहेको छ ?
– जनताको सहभागिता तीव्र रूपमा बढिरहेको छ । त्यसले उत्साहित बनाएको छ ।
यसपालि चुनावमा जाँदा तपाईंले के भनिरहनुभएको छ ? के वाचा गरिरहनुभएको छ ?
– हामीले लिएका नीति, गरेका प्रतिबद्धताहरू, सार्वजनिक गरेका आफ्ना घोषणाहरू र आफूले गर्न सक्ने कुराहरू जनताको माझमा हामीले लिएर गइरहेका छौं । पार्टीका नीति, योजना र कार्यक्रमहरू जनताको बीचमा राखिरहेका छौं ।
यहाँ त्रिकोणात्मक प्रतिस्पर्धा हुने भनिएको छ । तपाईंलाई अन्य उम्मेदवारले प्रतिस्पर्धा दिएकै हो ?
– हैन, त्यो चटकले प्रतिस्पर्धा हुँदैन । जनता अहिले सचेत भइसकेका छन् । कसले विगतमा अन्यायका विरुद्ध, लोकतन्त्रका लागि, परिवर्तनका लागि लड्यो, संघीय गणतान्त्रिक लोकतन्त्र कसले ल्यायो, कुन पार्टीले बलिदान दियो यी सारा कुरा जनतालाई थाहा छ । जनता समाजवादी पार्टी भनेको बलिदान र जनताको संघर्षको मैदानबाट जन्मेको हो । त्यसका नेतृत्वकर्ताहरू सक्रिय छन् । ती मूल्यांकनका आधारमा कसले कसरी चुनौती दिने ? त्यससँग कसले प्रतिस्पर्धा गर्ने ?
तपाईं यहाँको स्थानीय नभई बाहिरबाट आएको उम्मेदवार हुनुहुन्छ भन्ने कुरा उठेको सुनियो । यसबारेमा के भन्नुहुन्छ ?
– यो पनि कुनै भन्ने कुरा हो ? म सप्तरीमा जन्मेको, स्कूल पनि यहीँ पढेको, बाहिरको कलेजमा पढ्दापढ्दै यहीँ कर्मक्षेत्र बनाएको, राजनीतिक क्षेत्र यही भएको मान्छे हो । यही माटोमा जन्मिएँ, यहीँ हुर्किएँ । मेरा सबै आफन्तहरू यहीँ छन् । कसैले भ्रम फैलाउने काम गर्छ भने त्यो यथार्थ हैन, सत्य हैन ।
तपाईंले मधेशका तीनवटा आन्दोलनको नेतृत्व गर्नुभयो । तर पनि तपाईंलाई अहिलेको चुनावमा मेहनत गर्नुपर्ने अवस्था आयो नि !
– मेहनतको फल मीठो हुन्छ नि त । सित्तैमा त के पाइन्छ र ? हामीले विगतमा गरेको क्रान्ति त्यसै भएको हो र ?
मेहनत गर्ने, जनताको बीचमा जाने कुरा त निरन्तरको प्रक्रिया नै हो । चुनाव नभएको बेलामा पनि त जनताको बीचमा गइरहेको हो ।
यहाँका स्थानीय जनताले तपाईं विगत पाँच वर्षमा यहाँ एकदम कम आउनुभयो भनिरहेका छन् । जनताको सम्पर्कमा त्यति आउनुभएन ?
– लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि लगातार प्रहार भइरहेको छ । त्यस प्रहारलाई परास्त पार्न सक्रिय भइयो । त्यस सक्रियताका बावजूद पनि जनतासँग भेटघाट गरिरहें । जनताको अपेक्षा त हाम्रो घरमा आइदेओस्, केही खाइदेओस्, गफ गर्न पाऔं भन्ने हुन्छ ।
देशको विशिष्ट राजनीतिक परिस्थितिका कारण त्यो सम्भव भएन । पार्टीका अध्यक्षहरूले त्यसरी सक्दैनन् । जनताले त्यो कुरा बुझेका पनि छन् । तर केही आफैं दिग्भ्रमित भइरहेकाहरूले जनताकहाँ बसेन, खाएन भनेर दुष्प्रचार गरिरहेका छन् ।
२०७४ सालको निर्वाचनमा तपाईंको मुख्य एजेन्डा संविधान संशोधन थियो । अहिले ती मुद्दाहरू गौण भएको जस्तो देखिन्छ । विकासलाई तपाईंले जोड दिइरहनुभएको रहेछ । प्राथमिकता बदलिएको हो ?
– विकास त चाहिन्छ । हामीलाई दुईटा कुराले निर्देशित गरिरहेको छ ः पहिलो, राजनीतिक अधिकार र परिवर्तन । दोस्रो, सुशासन, विकास र समृद्धि । विकास नभइकन गरीबी, बेरोजगारी अन्त्य हुँदैन । त्यसलाई अन्त्य नगरिकन प्रदेश र देशको समृद्धि सम्भव छैन । जनताको अधिकार, पहिचान, असमानता र विभेदको अन्त्यका साथै आर्थिक विकासको एजेन्डालाई हामीले एकसाथ अघि बढाइरहेका छौं ।
संविधान संशोधनको मुद्दाचाहिँ के भयो ?
– हामीले जारी गरेको घोषणा र प्रतिबद्धतापत्रमा पनि हाम्रो प्राथमिकता राजनीति नै हो । संविधान संशोधन, शासकीय स्वरूपमा परिवर्तन, निर्वाचन प्रणाली तथा न्यायिक प्रणालीलाई सुधार, उत्पीडित समुदायको मुक्ति, उनीहरूको पहिचान स्थापना, उनीहरूलाई मूलधारमा ल्याउने, मधेशी जनताको मुक्ति, अन्य राष्ट्रियताहरूको मुक्तिको लडाइँ हामी लडिरहेकै छौं । यो हाम्रो उच्च प्राथमिकतामा परेको छ ।
मधेश प्रदेशमा तपाईंको सरकार थियो । अहिले तपाईंहरू प्रतिनिधिसभा र प्रदेशसभाहरूमा पनि उठिरहनुभएको छ । कति सीट आउँछ होला ?
– हामी यो प्रदेशमा सरकार बनाउँछौं । प्रतिनिधिसभामा पनि हामी पहिलेको भन्दा धेरै सीट जित्छौं ।
एमालेसँग तालमेल गरेर जाँदा तपाईंलाई धेरै गाह्रो भइरहेको छ भन्छन् नि !
– एमालेसँग तालमेल गर्नु कुनै नयाँ कुरा हो र ? हामीले पहिले पनि एमालेसँग मिलेर सरकार बनाएको हो । गणतान्त्रिक नेपालको पहिलो सरकार एमाले, माओवादी र हामीले बनाएका हौं । त्यसपछिका हरेक सरकारमा तालमेल भएकै हो, सहकार्य भएको हो ।
अचम्मको कुरा त, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादीको टाउकोको मूल्य तोकेका थिए । आज त्यही टाउकोमा चढेर शेरबहादुरजी हिँडिरहनुभएको छ । हाम्रो त केही सीटमा तालमेल मात्र हो ।
एमालेसँग गठबन्धन गर्नुभयो तर कतिपय सीटमा असन्तुष्टि भएर बेग्लाबेग्लै चुनाव प्रचार भइरहेको देखियो ।
– पहिले त तपाईंको प्रश्न नै सुधार्नुपर्ने भयो । हामीले गठबन्धन गरेका हैनौं । केही सीटमा तालमेल मात्र गरेका हौं । हामी ८१ सीटमा संसदीय चुनाव लड्दैछौं । त्यसमध्ये १७–१८ सीटमा मात्र हाम्रो तालमेल हो । कसैले सबै ठाउँमा तालमेल देख्छ भने त्यो देख्नेको दोष हो ।
रौतहटमा हामीले एमाले र जसपाका उम्मेदवार बेग्लाबेग्लै प्रचार गरिरहेको देख्यौं ।
– त्यहाँ हामीले तालमेल नै गरेका छैनौं । केही आन्तरिक समस्या पनि छन् त्यहाँ ।
मंसिर ४ मा सत्ता गठबन्धनकै सरकार बन्न सक्छ । त्यस्तोमा तपाईंहरू के गर्नुहुन्छ ?
– कहाँ गठबन्धनको सरकार बन्छ र ? तपाईंहरू कुन दुनियाँमा हुनुहुन्छ ?
सरकार कसको बन्छ त ?
– हाम्रो बन्छ । हाम्रो तालमेलबाट सरकार बन्छ ।
अनि अहिलेको तालमेल नै गठबन्धन बन्छ त ?
– चुनावको परिणामपछि कस्तो परिस्थिति विकास हुन्छ, त्यसलाई हामी हेर्छौं ।
समाजवादी केन्द्र बनाउने कुरा थियो । त्यो के हुन्छ ?
– त्यो चुनावपछिको कुरा हो ।
भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन् । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ । नेपालसँग सरोकार राख्नेगरी दिल्ल...
मंसिर ४ मा भएको निर्वाचनको नतिजा आउँदै गर्दा मंसिर ८ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर चुनाव जितेकोमा बधाई दिए । त्यसपछि पुनः एमाले...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए । र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुध...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अंक गणितीय जोड घटाउन गर्दै गम्भीर वार्ता र संवादमा ...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको बताएका छन् । जनमत पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने उनले बताएका छन् । सरका...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...