×

Nic Asia
Dabur
Prabhu Bank

उम्मेदवारकाे घरदैलाे

गोकुल बास्कोटाको चुनावी घरदैलो : ‘पानी माग्नुभयो, आयो नि; बाटो माग्नुभयो, भयो नि ?'

काठमाडाैं | कात्तिक २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चोकमा ठूलो स्वस्तिक चिह्न बनाइएको छ । हातमा फूल र माला लिएर नेकपा एमालेका कार्यकर्ता एवं समर्थकहरू लस्करै उभिएका छन् ।

yONNEX
IME BANK INNEWS

४०/४५ जनाको लस्कर छ । वरिपरि मतदाताहरू भीडभाड छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्थान : पाँचखाल नगरपालिका– २, तीनकुने, काभ्रे ।

समय : बिहान ९ बजे ।


Advertisment
Lokantar App
Saurya island

तीनकुने चोकको बाँयातर्फबाट सूर्यअंकित झण्डाहरू फहराउँदै आधा दर्जन गाडी लस्करै आइपुगे । त्यहीमध्ये एक गाडीबाट ओर्लिए, गोकुल बास्कोटा ।  

Vianet communication

पूर्वमन्त्री बास्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । उनी प्रदेशसभा सदस्य पदका उम्मेदवार कुमार खकुरेलसहित चुनावी घरदैलोमा तीनकुने आइपुगेका थिए ।

त्यहाँ बास्कोटासहित प्रदेशसभा सदस्य पदका उम्मेदवार खकुरेललाई एकपछि अर्का कार्यकर्ता एवं समर्थकले फूलमालाले स्वागत गरे ।

स्वागत सत्कारको कार्यक्रम सकिएपछि गोकुलले मन्तव्य राखे ।

‘हामीलाई चाहिएको तपाईंहरूको जीवनमा खुशीयाली हो । तपाईंहरूको जीवनमा सुख हो । तपाईंहरूले पहिले पनि साथ दिनुभएको छ, फेरि पनि साथ दिनुहोस्, सहयोग गर्नुहोस्,’ सम्बोधनका क्रममा मत माग्दै बास्कोटाले भने, ‘कुरा गर्नेलाई होइन, काम गर्नेलाई छान्नुहोस् । हामी तपाईंहरूको जुवामा जोतिएर तपाईंको सेवा गर्न तयार छौं ।’

अब आफूले आफ्नो अधिकांश समय युवाका लागि पनि खर्चने उनले बताए । 

आधा घण्टाको कार्यक्रमपश्चात बास्कोटाको टोली तीनकुने चोकबाट निस्कियो । अगाडि बढ्दै गर्दा रामपुरमा दुई स्थानमा गाडी रोकिए । त्यहाँ पनि कार्यकर्ता र मतदाताले फूलमाला लगाइदिए । सगुन खुवाए ।

त्यहाँबाट टोली अरनिको राजमार्गमा निस्कियो । वडा नम्बर –४ लामीडाँडामा अवस्थित नेपाल आदिवासी जनजाति महासंघको कार्यालय परिसरमा जम्मा भएका मतदातासामु बास्कोटाले केही मिनेट सम्बोधन गरे ।

त्यसपश्चात गाडीहरू फेरि लामबद्ध हुँदै लामीडाँडा बजारबाट उकालो लागे । वडा नं. ७ जोरपिपलमा पुगेर गोकुलले केही मिनेट सम्बोधन गरे । 

‘तपाईंहरूका केही समस्या भए भन्न सक्नुहुन्छ ?’ एक कार्यकर्ताले माइकबाट स्थानीयलाई सोधे । त्यसैक्रममा गोकुलले मतदाताहरूको बीचमा गएर एक महिलालाई सोधे, ‘पाँच वर्षअघि खानेपानीको समस्या भयो भन्नुभएको थियो । पानी आयो नि ?’ ती महिलाले खुशी हुँदै सांकेतिक जवाफ फर्काइन् ।

उनले अब सिँचाइको काम हुन लागेको भन्दै मत हाल्न आग्रह गरे ।

त्यसपश्चात प्रचारप्रसार टोली वडा नं. ८ होक्सेमा पुग्यो । त्यहाँ पनि गोकुलसहितका उम्मेदवारहरूले मतदाताबाट फूलमालाले स्वागत पाए ।

बस्कोटाले केही मिनेट सम्बोधन गरे, अनि टोली वडा नं. ९ तर्फ उकालो लाग्यो, जहाँ प्रसिद्ध पलाञ्चोक भगवती मन्दिर अवस्थित छ । 

मन्दिरलाई दाहिने पारेर बास्कोटा भित्र प्रवेश गरे । दर्शन गरे । पुजारीको हातबाट टीका लगाए । पलाञ्चोकमा बास्कोटाले फूलमालाले स्वागत पाए । त्यहाँ उनले घर-घरमा पुगेर मतदातासँग भेटे ।

शुक्रबार लोकान्तरले बास्कोटालाई झण्डै चार घण्टा पछ्याउँदा उनीसँग मतदाताले गुनासा राखेको खासै सुनिएन ।

केही मतदाताले सामान्य गुनासो सुनाउँदा बास्कोटा भन्थे, ‘यति काम गर्दा पनि गुनासो आउँछ भन्ने मलाई के थाहा ?’ 

काभ्रे– २ मा चुनावी जीत दोहोर्‍याउने लक्ष्यका साथ गोकुलले दिनदिनै घरदैलो लगायतका कार्यक्रम गरिरहेका छन् ।

'पानी माग्नुभयो, आयो नि; बाटो भन्नुभयो, भयो नि ? मतदाताहरूलाई गोकुलले सोध्ने गरेका छन् । आफूले गरेको विकास देखाएर उनले भोट मागिरहेका छन् ।

उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका शिवप्रसाद हुमागाईंसँग छ । 

चुनावी अभियानका क्रममा मतदाताले उत्साहजनक प्रतिक्रिया दिएको बास्कोटाले दाबी गरे । ‘मतदाताले हाम्रो साथ र आशीर्वाद तपाईंलाई छ, अगाडि बढ्नुहोस् भनरिहनुभएको छ,’ बास्कोटाले भने ।

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हो ? भन्ने प्रश्नमा बास्कोटाले थपे, ‘यो डेमोक्रेटिक प्रोसेस हो । १६ जना साथीहरू हुनुहुन्छ क्यारे मसँग प्रतिस्पर्धामा, मेरो लागि सबै सशक्त । सबैविरुद्ध मैले जीत हासिल गर्नुपर्छ । त्यसमा सफलता प्राप्त गर्छु भन्ने मेरो आत्मविश्वास छ ।’

उनले दलीय व्यवस्थामा बहुमतको अर्थ हुने भन्दै स्वतन्त्रले कतै एक सीट जितेर केही पनि गर्न नसक्ने दाबी गरे ।

स्वतन्त्र उम्मेदवारहरूको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै बास्कोटाले भने, ‘उहाँहरूको चुनाव लड्न पाउने प्रजातान्त्रिक अधिकारलाई चाहिँ म सम्मान गर्छु । तर, मेरो नीतिगत प्रश्न के हो भने, एक–दुईजना स्वतन्त्र व्यक्तिले जितेर केही पनि गर्न सक्दैनन् । उनीहरूको नीति तथा कार्यक्रम लागू हुन सक्दैन । उनीहरूले कसको सरकार बनाउँछन् ? आफैं प्रधानमन्त्री बन्न जम्मा एउटा सीट जित्या हुन्छ । सरकार बनाउनका लागि १ सय ३८ सीट चाहिन्छ । स्थानीय तहमा त्यो अलिअलि प्रभावकारी पनि होला, तर आमनिर्वाचनमा त्यो सम्भव देख्दिनँ म ।’

उनले आफूले गरेका विकास निर्माणका उल्लेख्य कामका कारण मतदाताले पुनः निर्वाचित गराउने दाबी गरे । ‘मैले जित्ने आधार भनेको त उ यही (मन्दिरतर्फ देखाउँदै) हो, हेर्नुस् । यो मन्दिर भत्किएर लथालिंग थियो,’ बास्कोटाले थपे, ‘यही बाटो हेर्नुस्, कस्तो थियो, (अहिले कस्तो छ) । जनताले यही खोजे, यही भयो नि !’

उनले थपे, ‘मैले बारम्बार भन्ने गरेको छु, यो संरचना (फेरि मन्दिर देखाउँदै)मात्र होइन,  थुप्रै परियोजनालाई हामीले तीव्र गति दिएका हौं । तर, १८ महिनायता कुनै पनि काम भएको जनताले देखेका छैनन् । सरकार त अहिले पनि छ । सरकार नाम गरेको एउटा उँघेर बस्ने मान्छे सिंहदरबारको कुर्सीमा छ, तर केपी ओली सरकार हुँदा खेरी जुन बिन्दुमा पुगेर जुन–जुन काम रोकिएको छ, त्यहाँँबाट एक पाइला पनि अघि सरेको छैन । त्यसकारण पनि मैले चुनाव जित्छु । चुनाव जित्ने आधार त यही पनि भयो नि !’

हेर्नुहोस्, भिडियो :

 

 

थप तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरु...

चैत ९, २०७९

मौसम पूर्वानुमान महाशाखाले बिहीवार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पह...

चैत ७, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्व...

चैत ८, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए ।  अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ...

चैत ८, २०७९

मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्...

चैत ८, २०७९

मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकाल...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x