३१ असार २०८३, बुधबार

पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’

कात्तिक २८, २०७९
पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’

नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा आज साँझ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।

पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए । शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्