२६ असार २०८३, शुक्रबार

सी र बाइडनबीच इन्डोनेसियामा खास के कुरा भयो ?

कात्तिक २९, २०७९
सी र बाइडनबीच इन्डोनेसियामा खास के कुरा भयो ?

चीनका राष्ट्रपति सी चिनपिङ र अमेरिकी समकक्षी जो बाइडनबीच इन्डोनेसियाको बालीमा सोमवार प्रत्यक्ष भेटवार्ता भएको छ ।

त्यो बैठक साढे ३ घन्टाभन्दा बढी चलेको थियो । त्यसमा ताइवान र युक्रेन युद्धका विषयमा चर्चा भएको थियो । 

दुवै पक्षले संवाद कायम रहनुपर्ने विषयलाई महत्त्व दिएका थिए । 

बाइडनले दुई देशको प्रतिस्पर्धा द्वन्द्वमा रूपान्तरण हुन नहुने बताए अनि दुवै मुलुकले प्रतिस्पर्धालाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने बताए । 

उता सीले राजनेताको चरित्रका विषयमा कुरा झिके । ‘राजनेताले आफ्नो देशलाई कता लैजाने हो भनी सोच्न र जान्न पर्छ । अन्य मुलुकहरूसँग अनि समग्र विश्वसँग कसरी तादात्म्य राख्ने हो भन्ने विषयमा पनि राजनेताले सोच्नुपर्छ ।’ 

यसो भनेर सीले बाइडनलाई राजनेताको चरित्र देखाउँदै चीनसँगको द्वन्द्व नचर्काउन नसिहत दिएका थिए ।

चीन र अमेरिकाबीचको सही किसिमको सहअस्तित्वलाई आफूले सधैं पैरवी गरिरहने सीले बताए । त्यससँगै आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकासलाई दृढतापूर्वक प्रतिरक्षा गरिरहने उनको भनाइ छ । 

सही किसिमको सहअस्तित्व भनेर सीले चीनलाई अमेरिकाको बराबर हैसियतको मुलुकमा लिनका लागि आग्रह गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्