११ साउन २०८३, सोमबार

प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला डडेल्धुरा आउँदै

कात्तिक २९, २०७९
प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला डडेल्धुरा आउँदै
फाइल फोटो

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधवार गृहजिल्ला आउने भएका छन् ।

बुधवार डडेल्धुरा आएर उनी गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधवार बिहान गृहजिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । 

यसअघि कात्तिक १७ गते गृहजिल्ला पुगेका देउवा ४ दिन बसेका थिए । सो क्रममा उनले ७ पालिकाका ७ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ जना उम्मेदवार रहेका छन् ।

देउवा विक्रम संवत् २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्