बलिउड अभिनेता आदित्य रोय कपुर आज (बुधवार) ३७ औं जन्मदिन मनाउँदैछन् ।
हिन्दी फिल्म उद्योगमा कपुर धेरै फ्यान कमाउनेहरूको सूचीमा पर्छन् ।
आफ्नो जीवनमा उनको रिल लाइफ र रियल लाइफमा धेरै युवतीहरूसँग नाम जोडिएको छ ।
२०१३ को ब्लकबस्टर फिल्म ‘आशिकी २’ मा अभिनय गरेपछि श्रद्धा कपुरसँग उनी नजिकिएका थिए ।
उनीहरूले लामो समयसम्म सम्बन्धलाई टिकाएका थिए ।
श्रद्धासँगमात्रै नभएर आदित्यको नाम रिया चक्रवर्ती, आहाना देओल, कट्रिना कैफ र अनन्या पाण्डेसँग जोडिसकिएको छ ।