०५ साउन २०८३, मंगलबार

अध्ययनको निष्कर्ष : लगभग ८ लाख वर्षअघिका मानिसले माटोको ओदानमा पकाउँथे माछा

कात्तिक ३०, २०७९
अध्ययनको निष्कर्ष : लगभग ८ लाख वर्षअघिका मानिसले माटोको ओदानमा पकाउँथे माछा

पृथ्वीका सबभन्दा पहिले देखिएका मानवले माटोको ओदानमा माछा पकाउने गरेको एक नयाँ अध्ययनले देखाएको छ । 

इजरायली अनुसन्धाताहरूको एक टोलीले प्रथम मानवहरू खाना पकाउनका लागि आगो उपयोग गर्थे भन्ने तथ्य पत्ता लगाएको हो ।

विवेकशील मनुष्य (होमो सेपियन्स) र नियान्डर्थलहरूले १ लाख ७० हजार वर्षअघि मात्र खाना पकाउनका लागि आगो उपयोग गर्ने गरेको यसअघिका अध्ययनहरूले देखाएका थिए । तर नयाँ अध्ययनले त्यस समयलाई धकेलेर ७ लाख ८० हजार वर्षपहिले पुर्‍याइदिएको छ । 

जोर्डन नदीको किनारमा रहेको उत्तरी इजरायलस्थित गेशर बेनो याकोभ नामक स्थानको अध्ययन गरेपछि अनुसन्धाताहरू यस निष्कर्षमा पुगेका हुन् । त्यहाँ ठूलो संख्यामा माछाका जीवाष्मशेषहरू फेला परेका छन् । 

त्यही ठाउँमा एकातिर अनुसन्धाताहरूले आगो बाल्ने ठाउँको अवशेष भेटेका छन् । उनीहरूले माछाको दाँत फेला पारे भने हाड चाहिँ भेटेनन् । 

भेटिएका माछाको दाँतको थप अध्ययन गर्दा तिनलाई २५० देखि ५०० डिग्री सेल्सियसको बीचमा पकाइएको पाइयो । यस्तो तापक्रममा माछाको हाड नरम बनेर टुक्रिने हुनाले माछाहरूलाई आरम्भिक मानवहरूले पकाएको खाने गरेको निष्कर्ष अनुसन्धाताहरूले निकालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्