०१ असार २०८३, सोमबार

हिउँदमा लोडसेडिङको खतरा टार्न प्राधिकरणको पहल

कात्तिक २०, २०७४
हिउँदमा लोडसेडिङको खतरा टार्न प्राधिकरणको पहल

काठमाडौँ, २६ साउन- भारतबाट थप विद्युत् आयातको बाटो खुलेपछि यसपालिको हिउँदमा लोडसेडिङको सम्भावना टरेको छ । तीन दिनदेखि भारतको नयाँदिल्लीमा जारी नेपाल–भारत पावर एक्सचेन्ज कमिटी बैठकमा भारतबाट थप दुई प्रसारण लाइन हुँदै विद्युत् आयातको सहमति भएको हो ।bulb

नेपाल–भारतबीच रक्सौल–परवानीपुर र कटैया–कुशाहा १३२ केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन सुचारु गर्ने सहमति बैठकमा भएको छ । ती प्रसारण लाइन सुचारु भएपछि प्राधिकरणले त्यसमार्फत पुनः विद्युत् आयात गर्नेछ । ‘दुई महिनाभित्र यो प्रसारण लाइनमा विद्युत् चार्ज गर्ने सहमति भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘यसअघि खरिदको दर नमिलेका कारण ती प्रसारण लाइनमा चार्ज हुन सकेको थिएन, नेपाल–भारतबीच विद्युत्को खरिद दरमा समेत सहमति भएको छ ।’ नयाँ पत्रिकामा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्