
ललितपुर महानगरपालिकाका नगर प्रमुख (मेयर) चिरीबाबु महर्जनले सामाजिक सञ्जालमा मिथ्या कुरा सम्प्रेषण भएकोप्रति घोर आपत्ति जनाएका छन् ।
मंगलवार ‘तोसिमा कार्की फ्यान पेज’मा ‘मेयर चिरीबाबु महर्जन भुसालभन्दा पनि तोसिमाको पक्षमा उभिएको चर्चाले भुसाललाई समस्या परेको बताइन्छ’ भनेर लेखिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
मेयर महर्जनले बुधवार खण्डन जारी गर्दै आफू नेपाली कांग्रेसको बफादार सिपाही भएको र पार्टीको निर्णय नै आफ्नो अन्तिम निर्णय रहेको जनाएका छन् । खण्डनमा उनले लेखेका छन्, ‘तोसिमा कार्कीलाई मैले प्रत्यक्ष भेटेको र देखेको समेत छैन, भेटेर कुराकानी भएको भन्ने कुरा तथ्यहीन एवं भ्रामक छ । निजसँग मेरो टेलिफोनमा समेत कुरा भएको छैन ।’
