०९ असार २०८३, मंगलबार

त्रिविका आंगिक क्याम्पसमा प्राध्यापकको तालाबन्दी

कात्तिक २०, २०७४
त्रिविका आंगिक क्याम्पसमा प्राध्यापकको तालाबन्दी

काठमाडौं, २६ साउन - १८ दिनदेखि अनसन बस्दा पनि माग पुरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसका क्याम्पस प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले जानकारी दिनुभयो ।

आजदेखि आंशिक प्राध्यापकले पठनपाठन पनि वहिष्कार गरेको उहाँले बताउनुभयो । बर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायत माग राखेर आंशिक प्राध्यापकले १८ दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय बाहिर रिले अनुसन बसिरहेका छन् ।

यसैबिच, नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकका मागमा ऐक्यबद्धता जनाएको छ । एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आन्दोलनरत दुवै पक्षसंग वार्ता गरि तत्काल माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्