१० असार २०८३, बुधबार

ज्ञानेन्द्रबहादुर कार्कीका लागि भोट माग्न पुगे शेखर

ज्ञानेन्द्रबहादुर कार्कीका लागि भोट माग्न पुगे शेखर

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई भोट माग्न सुनसरी पुगेका छन् । 

चुनाव प्रचारको अन्तिम दिन आयोजित चुनावी सभालाई सम्वोधन गर्न कोइराला सुनसरी पुगेका हुन् । 

सुनसरी ४ बाट प्रतिनिधि सभामा ज्ञानेन्द्रबहादुर कार्की सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । 

कांग्रेसका अन्य नेताले आफ्नो निर्वाचन क्षेत्र नछाडेको अबस्थामा कोइरालाले सुनसरीमा पुगेर कार्कीको पक्षमा भोट मागे ।

‘ज्ञानेन्द्रबहादुर कार्की शालिन र विकासप्रेमी नेता हो, मलाइ आशा छ, यसपटक पनि सुनसरीले उहाँलाई विजयी गराएर पठाउने छ’ कोइरालाले भने । 

कोइराला मोरङ ६ बाट प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्