×

NMB BANK
NIC ASIA

कांग्रेसनिकट कर्मचारी युनियनमा भाँडभैलो, भएन एकता महाधिवेशन

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ साउन – नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन पटक–पटक सारिएपछि संगठन भित्र तीब्र असन्तुष्टि देखिएको छ ।

कांग्रेस निकटका दुई कर्मचारी संघ नेपाल निजामती कर्मचारी युनियन र कर्मचारी संघको एकीकरण गर्दा महाधिवेशन गर्ने निर्णय भएपनि सो निर्णय कार्यान्वयन हुन नसकेको हो । २०७० को वैशाखमा युनियनको चुनाव भएको थियो । ०७१ सालमाा युनियन र संघ मिलेका थिए ।

एकीकरणपछि तुरुन्तै चुनाव गर्ने निर्णय भएको थियो । तर यसअघि पाँच पटकसम्म युनियनको महाधिवेशनको मिति तोकिए पनि पटक पटक सरेको युनियनका नेताहरुले बताएका छन् । युनियनका अध्यक्ष सुवोध देवकोटाले समयमा चुनाव गर्न नसकेको नेताहरुको आरोप रहेको छ ।

पछिल्लो पटक युनियनको महाधिवेशन मिति २०७२ सालको फागुनमा तोकिएको थियो । तर ७३ को जेठमा आधिकारीक ट्रेड युनियनको चुनाव हुने भएपछि युनियनको चुनाव रोकिएको थियो ।

अहिले माउ पार्टी नेपाली कांग्रेसले पनि हाललाई चुनाव रोक्न अप्रत्यक्ष निर्देशन दिएको बुझिएको छ । स्थानीय निर्वाचन नसकिँदा सम्म युनियनको चुनाव नगर्न कांग्रेसले निर्देशन दिएको युनियनका नेताहरुले बताए ।

केन्द्रीय समितिको नेतृत्वले  चुनाव नगर्ने चलखेल गरिरहेकोे युनियनका नेता शरद अधिकारीले बताए । युनियनको महाधिवेशनमा अध्यक्षका प्रत्यासी समेत रहेका अधिकारीले केन्द्रीय समिति विधान तथा निर्णय अनुसार चल्न नसकेको आरोप लगाए ।

‘पार्टीले भनेको कुरा मान्ने वा नमान्ने अधिकार केन्द्रीय समितिलाई छ,’ उनले लोकान्तरसँग भने, ‘तर महाधिवेशन यथासक्य चाँडो हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनका अनुसार निर्वाचन आचार संहिता सकिएको १५ दिनभित्र महाधिवेशन गर्ने गरि केन्द्रीय समितिमा निर्णय भएपनि सो कार्यान्वयन हुन सकेको छैन । 

माउ पार्टी कांग्रेसले युनियनको महाधिवेशनको विषयमा अनावस्यक निर्देशन दिएर हस्तक्षेप गरेको समेत उनले अरोप लगाए । युनियनमा महाधिवेशन मिति तोक्न अध्यक्ष देवकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति बनेको छ ।

युनियनको महाधिवेशनमा अध्यक्ष पदका अर्का प्रत्यसी गोपाल पोख्रेलले विभिन्न आन्तरिक कारणहरुले समयमा चुनाव हुन नसकेको बताए । तर समयमै चुनाव गर्नको लागि आफूहरुले नेतृत्वलाई निरन्तर दवाव दिएको बताए ।

‘आधिकारीक चुनाव हुनुभन्दा अगाडि नै युनियनको चुनाव भएको भए युनियनले आधिकारीकमा राम्रो नतिजा ल्याउँथ्यो होला,’ उनले लोकान्तरसँग भने, ‘तर अब चाहिँ चुनाव हुनेमा हामीहरु आशावादी छौं ।’ उनले कर्मचारी युनियन र कर्मचारी संघको एकीकरण पछि हाल सम्म पनि महाधिवेशन हुन नसक्नु दुखःद रहेको समेत बताए ।

युनियनका अध्यक्ष देवकोटाले एकिकरण पछि तुरुन्त महाधिवेशन गर्ने निर्णय भएको भएपनि सो निर्णय कार्यान्वयन हुन नसकेको स्वीकारे । ‘महाधिवेशन भएको ३ वर्ष पुगेर भर्खरै ४ वर्षमा लाग्दैछ,’ उनले भने, ‘समयमा चुनाव हुन सकेन भन्ने कुरा गलत हो, तर एकिकरणपछि तुरुन्त चुनाव गर्ने सहमति भएको थियो त्यो चाहिँ विभिन्न कारणले हुन सकेन ।’

उनले आधिकारीकको चुनावले गर्दा युनियनको चुनाव गर्न नसकिएको बताए । अब दुई नम्बर प्रदेशको चुनाव हुने वित्तिकै महाधिवेशन हुने उनले बताए ।

समयमा चुनाव नभएको र युनियन भित्र असन्तुष्टि चुलिएको भन्ने कुरा गलत भएको समेत देवकोटाले बताए । ‘केही दिन अघि मात्रै केन्द्रीय समितिको म्याद विधान अनुसार एक वर्षको लागि थपिएको छ,’ उनले लोकान्तरसँग भने, ‘त्यो ठाउँमा विरोध गर्ने साथीहरुपनि त हुनुहुन्छ । तर निर्णय त सर्वसहमतिमै भएको थियो ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x