११ असार २०८३, बिहीबार

वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर देखिएको प्रचण्डको दाबी

वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर देखिएको प्रचण्डको दाबी

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको दाबी गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गरे ।  

“प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ”, उनले भने । 

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उनले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे । “हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ”, अध्यक्ष दाहालले भने, “गठबन्धनको ध्यान विकास र समृद्धिमा जान्छ ।” अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईंका रुपमा निर्वाचन अगाडि आएको जनाउँदै उनले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए। “अब प्रतिगमनविरुद्ध आन्दोलन गर्नु नपरोस् भन्नका निम्ति गठबन्धनलाई जिताउनुपर्छ”, उनले भने । 

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए । 

“हामीले संविधानसभाको माग गर्दा बढ्ता विरोध गर्ने ओली २०६२÷०६३ सालको परिवर्तन र वर्तमान संविधानलाई स्वीकार गरेपछि ओली सच्चिए होलान् भनेको त्यस्तो होइन रहेछ”, उनले भने, “तर पार्टी एकताको केही समयपछि ओलीले सङ्घीयता, गणतन्त्र, समावेशीता स्वीकार गरेका रैछन् । सत्तामा पुगेर प्राप्त उपलब्धिलाई उल्ट्याउने दाउमा रहेछन् ।”

salt training

कमेन्ट गर्नुहोस्