१२ साउन २०८३, मंगलबार

निर्वाचनपश्चात एमालेको सरकार : नेता पोखरेल

निर्वाचनपश्चात एमालेको सरकार : नेता पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ईश्वर पोखरेलले आगामी निर्वाचनपश्चात एमालेको सरकार बन्ने दाबी गरेका छन् । बलियो दल नेतृत्वमा पुग्दा मात्र देशले निकास पाउने भन्दै उनले जनताले एमालेलाई विश्वासको मत दिएर जिताउन जरुरी रहेको बताएका हुन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ ले बसुन्धारामा आज आयोजना गरेको निर्वाचनसभामा सम्बोधन गर्दै उनले विगतका दिनमा जनतासामु गरेका बाचाहरु धेरै पूरा गरेको र पूरा हुन बाँकी रहेका कामहरु निर्वाचनपश्चात जनतालाई साक्षी राखेर पुरा गर्ने प्रतिबद्धतासमेत उनले जनाए । उनले भने, “आगामी निर्वाचनपश्चात काठमाडौँ क्षेत्र नं ५ मा रहेका सरकारी वा निजी दुवै क्षेत्रका अस्पतालहरुलाई स्थानीय सरकारसँगको समन्वयमा जनताले सुलभ ढङ्गले सेवा लिन पाउने व्यवस्था मिलाउने, खानेपानी घर–घरमा उपलब्ध गराउने, सार्वजनिक र गुठीबाट सञ्चालित विद्यालयलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नेलगायतका अन्य काम हामीले पूरा गर्नेछौँ ।”

कार्यक्रममा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा सदस्य २ का उम्मेदवार दीपक निरौलाले आगामी दिनमा सडक सञ्जाल, नदी नियन्त्रण, पर्यावरणीय सन्तुलन, जीवनको दैनिक महत्वको क्षेत्रमा पर्ने स्वास्थ्यलाई ध्यान दिँदै कान्तिबाल, टिचिङ, शहीद गङ्गालाल अस्पताल, बूढानीलकण्ठ र टोखा नगरभित्र रहेका हरेक स्वास्थ्यचौकीमा डाक्टरसहितको उपचार सेवाको व्यवस्था मिलाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्