जाह्नवी कपुर बलिउडकी उदीयमान नायिका हुन् । उनी अहिले विभिन्न ठूला फिल्मी परियोजनाहरूमा काम गरिरहेकी छन् ।
श्रीदेवीकी छोरी जाह्नवी सबैकी प्यारी बनेकी छिन् । श्रीदेवीको केही वर्षअघि निधन भइसकेको छ ।
जाह्नवी यतिखेर आमालाई सम्झिरहेकी छन् । उनले श्रीदेवीको सपनाको घरको झलक देखाउँदै फ्यानहरूसँग रोचक किस्साहरू समेत शेयर गरेकी छन् ।
जान्हवीको कोठाको बाथरुमको ढोकामा ताला छैन । जान्हवीले यसको कारण बताइन् ।
उनले भनिन्- मलाई याद छ कि आमाले मेरो कोठाको बाथरुममा ताला लगाउन इन्कार गर्नुभयो, किनभने आमालाई मैले बाथरुममा गएर केटाहरूसँग कुरा गर्छु कि कि भन्ने डर थियो । त्यसैले मलाई बाथरुममा ताला लगाउन दिनुभएन । मेरो बाथरूममा अझै ताला छैन।'
जान्हवी हालै फिल्म 'मिली'मा देखिएकी थिइन् ।
उनी छिट्टै वरुण धवनसँग बावलमा देखिनेछिन् । जान्हवीको यो फिल्म अर्को वर्ष अप्रिलमा रिलिज हुँदैछ ।
जान्हवी 'मिस्टर एण्ड मिसेस माही'मा पनि काम गरिरहेकी छिन् ।