बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आफ्नो नयाँ फिल्म 'हड्डी'लाई लिएर लगातार चर्चामा छन् ।
यस फिल्ममा नवाजुद्दीन अहिलेसम्मकै सबैभन्दा फरक र रोचक पात्रमा देखिने छन् ।
'हड्डी'मा नवाजुद्दीन ट्रान्सजेन्डर महिलाको भूमिकामा छन् ।
नवाजुद्दीनले रियल लाइफ ट्रान्सजेन्डरसँग काम गर्ने आफ्नो अनुभव सेयर गरेका छन् ।
उनले फिल्म हड्डीमा करिब ८० रियल लाइफ ट्रान्सजेन्डरसँग काम गरेका छन् ।
उनले ट्रान्सजेन्डरसँग काम गर्न पाउनु सम्मान र सौभाग्य भएको बताएका छन्।
ग्रे शिमरी गाउन र बोल्ड मेकअपमा नवाजुद्दीनको लुक दम्दार देखिएको छ, जसकारण उनलाई चिन्नै गाह्रो हुने देखिन्छ ।
अब फिल्म निर्माताले उनको अर्को लुक सेयर गरेका छन् ।
तस्वीरमा नवाजुद्दीन सारी लगाएर पारम्परिक लुकमा देखिएका छन् ।
नयाँ लुकमा नवाजुद्दीन हरियो रंगको साडीमा देखिएका छन् ।
निधारमा ठूलो रातो थोप्ला, गाढा छायाको लिपस्टिक, लामो खुला कपालमा अभिनेताको लुक अचम्मको छ। उनले सारीसँगै नोज पिन र घाँटीमा हार पनि लगाएका छन् ।
फिल्म 'हड्डी' रिभेन्ज ड्रामा फिल्म हो । यसलाई अक्षत अजय शर्माले निर्देशन गरेका छन् ।
फिल्म अर्को वर्ष रिलिज हुँदैछ ।