२८ असार २०८३, आइतबार

फेरि सर्‍यो 'कान्तारा'को ओटीटी रिलिज मिति, अब कहिले हुन्छ ?

मंसिर २, २०७९
फेरि सर्‍यो 'कान्तारा'को ओटीटी रिलिज मिति, अब कहिले हुन्छ ?

बलिउड फिल्म  'कान्तारा' ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ ।

बक्स अफिसमा धेरै कीर्तिमान तोडिसकेपछि यस फिल्मलाई ओटीटीमा रिलिज गर्न लागिएको हो ।

फिल्म नोभेम्बर २४ मा अमेजन प्राइम भिडियोमा रिलिज हुने बताइएको छ। 

फिल्म हिन्दी लगायत तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा स्ट्रिम हुनेछ ।

मिडिया रिपोर्टका अनुसार, कान्तारा पहिले नोभेम्बर ४ मा ओटीटीमा रिलिज हुने तालिका थियो । 

तर बक्स अफिसमा बलियो प्रदर्शनको कारण रिलिज मिति पछि सारिएको थियो। 

यसपछि यो चलचित्र नोभेम्बर ११ मा प्रशारण हुने तय भएपनि स्ट्रिमिङ मिति फेरि परिवर्तन गरिएको हो ।

अहिले सम्म निर्माण पक्षले फिल्मको आधिकारिक घोषणा गरेको छैन । तर मलयालम रिभ्यु नामक सोसल मिडिया ह्यान्डलले पोस्ट सेयर गर्दै कान्ताराको ओटीटी रिलिजको जानकारी दिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्