
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।