०५ साउन २०८३, मंगलबार
नेपाल भर्सेस यूएई

नेपालले पायो १७७ रनको लक्ष्य

नेपालले पायो १७७ रनको लक्ष्य
तस्बिर : क्यानको फेसबुक

यूएईविरुद्धको एकदिवसीय क्रिकेट शृंखला जित्न नेपालले १७७ रनको विजयी लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सामान्य स्कोरमा समेटेको हो ।

यूएईलाई सामान्य स्कोरमा समेट्ने क्रममा गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट हात पारे ।

यूएईका लागि आयान अफजल खानले ५४, मोहम्मद अलिसान शराफुले ३३, रोहन मुस्ताफाले २४ र हजरत बिलालले २० रन जोडे ।

९३ रनमा ९ विकेट गुमाएको यूएईका लागि अन्तिम अफजल र बिलालले ८३ रनको साझेदारी गरे ।

यूएईले निर्धारित ५० ओभरमा अलआउट नभई १७६ रन जोड्यो ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत हात पारेको थियो ।

तीन एकदिवसीय खेलको शृंखला १–१ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्