११ असार २०८३, बिहीबार

आइजी मुद्दामा आज पनि सर्वोच्चमा बहस चल्दै

कात्तिक २०, २०७४
आइजी मुद्दामा आज पनि सर्वोच्चमा बहस चल्दै

काठमाडौं, २६ साउन - आइजीपी प्रकरण सम्बन्धि मुद्दामा आज सुनुवाई हुँदैछ । सर्वोच्चको पूर्ण इजलासमा उक्त मुद्दामा बहस भइरहेको छ । आजै उक्त मुद्दामा आदेश आउन सक्ने बुझिएको छ ।

सरकारले जयबहादुर चन्दलाई आइजी नियुक्त गर्ने निर्णय गरेपछि अर्का आकांक्षी नवराज सिलवालले सर्वोच्चमा रिट हालेका थिए । उनको रिटमा सुनुवाई गर्दै अदालतले सरकारको निर्णय उल्टाएको थियो ।

त्यसपछि सरकारले प्रकाश अर्याललाई आइजीपी बनाइसकेको छ । त्यसपछि फेरि सिलवाल अदालत गएका थिए । उक्त मुद्दा प्रधानन्यायाधशि गोपाल पराजुली सहित ओम प्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मीरा खड्का , प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्