
बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो 'लभर ब्वाय' र रोमान्टिक भूमिकाका लागि परिचित छन्। तर उनले नयाँ फिल्ममा फरक भूमिकामा देखिने तयारी गरेका छन् ।
कार्तिक आफ्नो आगामी फिल्ममा बक्सरको भूमिकामा देखिने बताइएको छ ।
जसका लागि उनले निकै ठूलो परिवर्तन खेप्नुपरेको बलिउडमा चर्चा चलेको छ ।
पिंकभिल्लाको रिपोर्ट अनुसार, कबीर खान कार्तिकको लागि अर्को फिल्म निर्देशन गर्न लागेका छन् । जसलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।
कार्तिकले यो भूमिकाका लागि आफ्नो शरीरलाई पूर्णरुपमा परिवर्तन गर्न लागेका छन् ।
भूमिकामा आउनका लागि कार्तिकले जिममा घण्टौंसम्म कसरत गरिरहेका छन् ।
मिडिया स्रोतका अनुसार कार्तिकले ट्रान्सफर्मेसनका लागि चर्चित जिम ट्रेनर राहुल भट्टसँग तालिम लिइरहेका छन् ।
राहुलले यसअघि दंगलका लागि आमिर खानलाई तालिम दिएका थिए ।