०५ साउन २०८३, मंगलबार

एकैपटक जन्मिएका ५ छोरीको स्याहारसुसार गर्दैछिन् यी महिला [भिडियो]

मंसिर ३, २०७९
एकैपटक जन्मिएका ५ छोरीको स्याहारसुसार गर्दैछिन् यी महिला [भिडियो]

डिविना नियांगरिसाका ६ छोरी छने्, जसमध्ये ५ छोरी एकैपटक जन्मिएका हुन् । डिविनाले एक भिडियोमा आफ्नो गर्भावस्था, छोरीहरू र जीवन संघर्षबारे बताएकी छन् ।

हालै पाँचै छोरीले आफ्नो छैठौं जन्मदिन मनाएका छन् । उनी पहिलो छोरीको जन्म १० वर्षअघि भएको थियो ।

एकैपटक ५ छोरी जन्मिँदा मान्छेहरू छोरीहरू नबाँच्ने टिप्पणी गरेका थिए । जन्मिएको ३ महिनासम्म आईसीयूमा राख्नुपरेको थियो तर डिविनाले स्याहारसुसारमा विशेष ख्याल राख्दै छोरीहरूलाई हुर्काउँदै लगेकी छन् । जन्मिँदा छोरीहरूमध्ये सबैभन्दा बढी तौल डेढ किलो थियो ।

छोरीहरू जन्मिएर आईसीयूमा रहँदाको क्षण उनका लागि डरलाग्दो थियो । पाँचैलाई स्तनपान गराउन पनि समस्या हुन्थ्यो । सबै छोरीहरूलाई पुग्ने गरी स्तनपान गराउन सक्दैन्थिन् उनी । त्यसपछि उनले गाईको दूध दिने गरिन् ।

बिहान एक छोरीलाई ज्वरो आयो भने साँझसम्म थप २ छोरीलाई ज्वरो आउने समस्या देखिन्थ्यो । अर्काे दिनसम्म त पाँचै छोरीलाई ज्वरो आइसक्थ्यो । पाँचै छोरी बिरामी हुँदा स्याहारसुसारमा आपत आइलाग्ने उनले बताइन् । शिक्षादीक्षाका लागि आर्थिक स्रोत जुटाउन पनि उनलाई समस्या पर्‍यो । शिक्षण पेशामा रहेकी डिविना घरघरमा गएर ट्युसन पढाउँछिन् ।

कमेन्ट गर्नुहोस्