१० असार २०८३, बुधबार

हरियो खुर्सानीको यस्तो फाइदा थाहा पाइराख्नुस्

कात्तिक २०, २०७४
हरियो खुर्सानीको यस्तो फाइदा थाहा पाइराख्नुस्

काठमाडौं, २६ साउन — खाना खाँदै गर्दा स्वाद बढाउनका लागि हरियो खुर्सानी कुटुक्क पार्न त सबैलाई मन लाग्छ तर यसले स्वास्थ्यलाई पु–याउने फाइदाका बारेमा धेरैलाई थाहा नहुन सक्छ ।


हरियो खुर्सानीमा भिटामिन ए, बी६, सी, आइरन, कपर, पोटेसियम, प्रोटीन र कार्बोहाइड्रट भरपूर हुन्छ । यसले शरीरलाई अनेकौं रोगबाट मुक्त गर्छ । यसका अरू फाइदा यस्ता छन् : 

पाचनक्रिया
दिनदिनै हरियो खुर्सानी टोक्दा पाचनतन्त्र ठीक रहन्छ । यसमा पर्याप्त भिटामिन सी हुन्छ जसले शरीरमा भएका अन्य भिटामिनलाई सोस्न मद्दत गर्छ । दिनदिनै यो खाँदा शरीरमा एन्टीअक्सिडेन्टको मात्रा पनि ठीक रहन्छ ।

तौल घटाउन
हरियो खुर्सानी खाँदा शरीरमा भएको बोसो डढ्छ । यसमा भएको डायटेरी फाइबरले शरीरमा तातो बढाएर बोसो डढाइदिनाले तौल घट्छ । यसले मेटाबोलजमको स्तर पनि बढाउँछ ।

उच्च रक्तचाप
रक्तचापको समस्या भएका बिरामीले हरियो खुर्सानी दुईतीनओटा खाएकै राम्रो हुन्छ । यसले ब्लड सुगर पनि नियन्त्रणमा राख्छ ।

आँखा र छाला
भिटामिन एले भरिएको हरियो खुर्सानी आँखा र छालाका लागि लाभदायक हुन्छ । आँखा र छाला सुक्खा हुनबाट खुर्सानीले रोक्छ । भिटामिन सी र बीटा क्यारोटिनले यो समस्यालाई हटाउन मद्दत गर्छ । हरियो खुर्सानीलाई सधैं अँध्यारो ठाउँमा नै राख्नुस् किनकि घाममा यसको भिटामिन सी ध्वस्त हुन्छ ।

मधुमेह
हरियो खुर्सानीलाई राति एक गिलास पानीमा भिजाएर बिहान खाली पेटमा त्यो पानी पिउनुस् । एक हप्तासम्म त्यो पानी पिउँदा तपाईंको सुगर नियन्त्रणमा रहन्छ । यसका अलावा दम, दिमागसम्बन्धी रोग र ब्याक्टेरियाजन्य संक्रमणलाई पनि यसले हटाउँछ ।

क्यान्सर
हरियो खुर्सानीको सेवन गर्दा तपाईं कलेजोकोदेखि लिएर फोक्सोकोसम्म क्यान्सरबाट बच्न सक्नुहुुन्छ । त्यसैले यसलाई दिनदिनै सेवन गर्नुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्