०९ असार २०८३, मंगलबार

स्वादिष्ट पनीर पप बनाउने तरिका यस्तो छ

कात्तिक २०, २०७४
स्वादिष्ट पनीर पप बनाउने तरिका यस्तो छ

काठमाडौं, २६ साउन — साँझपख चियासँग पनीर पप खानुको मजा नै अर्कै छ । पनीर पप स्वादिलो हुनुका साथसाथै स्वस्थ पनि हुन्छ । यसलाई बनाउने तरिका हामी यहाँ प्रस्तुत गर्दैछौं : 


सामग्री

एक कप पनीर (क्युबमा काटिएको)
एक चौथाइ कप मैदा
डेढ चम्चा अदुवा र लसुनको पेस्ट
स्वादअनुसार नून
आधी चम्चा रातो खुर्सानीको धूलो
आधी चम्चा मरिचको धूलो
आधी चम्चा गरम मसला
आधी कप ब्रेड क्रम्ब (पाउरोटीका टुक्रा)
अलिकति पानी
तेल

विधि
सबभन्दा पहिले ब्रेड क्रम्बमा नून र रातो खुर्सानी हालेर मजाले मिसाउनुस् ।

अब अर्को बाउलमा मैदा, नून, रातो खुर्सानी, मरिच, गरम मसला र पानी हालेर गाढा घोल बनाउनुस् ।

यो घोलमा काटिएका पनीरका क्युबहरू हाल्नुस् र मैदालाई राम्ररी पनीरमाथि दल्नुस् ।

अब पनीरलाई एकएक गरी घोलबाट निकाल्नुस् र तयार रहेको ब्रेड क्रम्बमा मजाले रोल गर्नुस् ।

यसैगरी पनीरका सबै टुक्रामा ब्रेड क्रम्ब लगाएर एउटा प्लेटमा राख्नुस् र १५ मिनेटका लागि फ्रीजमा राख्नुस् ।

कराहीमा तेल तताएपछि पनीरलाई फ्रीजबाट निकालेर तेलमा तार्नुस् ।

मधुरो आगोमा पनीरलाई मजाले पकाउनुस् र सुनौलो खैरो भएपछि पनीरलाई टिस्यु पेपरमा निकाल्नुस् । यसो गर्दा बढी भएको तेल सोसिन्छ ।

तपाईंको पनीर पप तयार भयो । सस वा चटनीका साथ तात्तातो खानुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्