२५ जेठ २०८३, सोमबार

भक्तपुर–२ : पछाडि परे महेश बस्नेत, कांग्रेसको अग्रता

मंसिर ५, २०७९
भक्तपुर–२ : पछाडि परे महेश बस्नेत, कांग्रेसको अग्रता

भक्तपुरको २ नम्बर निर्वाचन क्षेत्रको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा शुरू भएको मतगणनामा अहिलेसम्म प्रतिनिधि सभातर्फ कांग्रेसले नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई पछि पार्दै अग्रता लिएका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे ३ वटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले २ हजार ३३० मतसहित अग्रता लिएको छ । एमाले १ हजार ६३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४ र नेपाल मजदुर किसान पार्टीले २५० मत प्राप्त गरेको छ ।

मतगणना जारी रहेको छ ।    

salt training

कमेन्ट गर्नुहोस्