०१ असार २०८३, सोमबार

डा. केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह

कात्तिक २०, २०७४
डा. केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह

काठमाडौँ, २६ साउन - मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष कृष्ण पहाडीले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुष्कार्यमा केही व्यक्ति सक्रिय रहेको भन्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गर्नुभएको हो ।

सो अवसरमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण विषय भएको भन्दै यसलाई आफूले गम्भीररुपमा लिएको बताउनुभयो ।

यस्तै पूर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगले पनि डा केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले आज एक विज्ञप्ति जारी गर्दै डा केसीको रक्षाका लागि अविलम्ब पहल गर्न सांसद् एवं प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्