०७ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, प्रतिनिधिसभामा योगेश गौचन थकाली विजयी

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, प्रतिनिधिसभामा योगेश गौचन थकाली विजयी

नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधिसभामा खाता खोलेको छ । २०७४ सालमा नेकपा एमालेले चुनाव जितेको मुस्ताङमा यसपटक नेपाली कांग्रेस विजयी भएको हो । 

सोमवार माध्याह्न सम्पन्न मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ९ सय ९२ मतसहित विजयी भएका हुन् ।

एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका छन् । गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । 

तुलाचन भने नेकपा एमालेका निवर्तमान सांसद हुन् । २०७४ सालमा तुलाचनसँग रोमी गौचन थकाली पराजित भएका थिए ।
 

कमेन्ट गर्नुहोस्